रातको अबचेँतनामा
तिम्रो सट्टामा
ओछ्यान भरि
जुनले चिहाउँछिन
हराउन खोज्छिन म भित्र
पूर्णबिराम लागेका रहर सगैं
एताउता पल्टिन्छु
लाटिन्छन रहरहरु
बिलिन हुन खोज्छिन्
मध्यरातमा खुर्पे जुन
तर म भने पु:न
तातोमा सर्वाङ्ग चिसिन्छु
असन्तुलित हुन्छु
झस्किन्छु रित्तो मन
रिक्ततामा ।।