18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रकाश बजगार्इं अन्जानपथ April 29, 2016, 2:52 am

खुल्दुली घोल्दैछ मनमा, मुस्काएर घेर्नेको

झझल्कोमा झुम्यो तस्बिर, सर्माएर हेर्नेको@!

देउताले दिएको आशिष , राम्री पनि विछट्टै

लुट्न अति सिपालु छेउ , हृदय नै यो झट्टै

खासखुसमैँ बोल्दैछ चर्चा , पल्काएर बेर्नेको

झझल्कोमा झुम्यो तस्बिर , सर्माएर हेर्नेको@!!

लोकप्रिय मान्छेको तारिफ, गर्छु भन्दा अधुरै

टल्किएकी मलाई लाग्यो , हिमालमा झुल्केरै

सुस्केरा खोल्दैछ डरमा, तर्साएर केर्नेको

झझल्कोमा झुम्यो तस्बिर, सर्माएर हेर्नेको@!!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।