पत्थरमा पनि हुन्छ भगवान मान्छेको मर्म बुझ्न
दु:ख पर्दा सम्झिने मान्छेको कस्तो स्वार्थी मन ।
सुखमा आफैलाई पनि भूल्छ्न कहाँ को सम्झने
मनमा रहर फुल्छन रहरसँग खेल्दा सबै बिर्सने,
अरूको पीडा बुझ्दै नबुझ्ने मान्छेको कस्तो मन
दु:ख पर्दा सम्झिने मान्छेको कस्तो स्वार्थी मन ।
हिमाल पहाड जताततै जस्तो सुकै होस् मान्छे
आखिर आफ्नो सुखमा भूल्छ्न अरूलाई मान्छे,
आफ्नो सुखमा अरू सबलाई भूल्ने कस्तो मन
दु:ख पर्दा सम्झिने मान्छेको कस्तो स्वार्थी मन ।