नामजस्तै काम यहाँ कसले ग¥या छ र ।
जिउँदै स्वर्ग गई धर्ती कसले हे¥या छ र ।।
सीताहरु लुटिइ रहन्छन् जहिले जहाँ पनि
रावणका मन्दोदरी कसले ह¥या छ र ।।
एक्लै जन्मेपछि यहाँ एक्लै मर्नुपर्छ,
लावा लस्कर जन्ती लिनु कसले प¥या छ र ।।
आफ्र ठूलो आफै जान्ने बन्नु बेकार छ यहाँ
चेतनाले मगज टन्नै कसले भ¥या छ र ।।
–खजुरा खुर्द १ (बाँके) नेपालगन्ज