केही निमेषमा बिलय म हुँला, कथामात्रै हुनेछु म
शब्द पानाभरि चिनो छोडुँला , भावभित्रै ज्युनेछु म @!
शताब्दिऔँ यहाँ जीउनु तिमी , आयु मेरो सुम्पिदिएँ
स्वछन्द तिम्रो जिन्दगीभरलाई , धुवाँले म उडिदिएँ
अर्को बर्सातमा जलय नहुँला, ब्यथामात्रै छुनेछु म
आखिरी श्वासमा हाँसोमैँ उडुँला , यादभित्रै रुनेछु म @!!
आकाशियौ जसै यो धरा छोडी, साहस मैँलेतोडिदिएँ
प्रफुल्ल तिम्रो आकांक्षाभरलाई, शिशा झैँ म टुक्रिदिएँ
भोलि प्रभातमा उदय नहुँला , झल्कामात्रै फुँनेछ म
अनेकौं पापले असहैय हुँला , रातभित्रै धुनेछु म @!!!