18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अोम राना May 12, 2016, 10:52 pm

नजरमा अल्झिएका कोसेली प्यारी तिम्रो

फुकाउनलाई मन्द मुस्कान तयारी तिम्रो

आगमनलाइ रंगीन बनाउने प्रयास मेरा

स्वागत गरे मनको पर्दा उघारी तिम्रो

भलाकुसारी गर्दै जादा यसै गुज्रे रातहरु

आँखा जुधाइ तिमी पारी म वारी तिम्रो

संसारका अन्य खुशी भन्दा मुल्यवान

सधैं मनमा शितलता दिने छहारी तिम्रो

भोकप्याश बिर्साइदिने निदहरु हराइदिने

मोहिनी आँखाहरु भुलु म क्यारी तिम्रो

चाप्पानी-८,पाल्पा

हाल:- दक्षिण कोरिया

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।