19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समय

कविता रन्जु "मार्ग" May 12, 2016, 3:12 pm

अचानक ,

मेरो पोस्टबक्समा

यस्तो पत्र आयो .........

पत्रमा लेखिएको थियो .........

प्यारी साथी,

सायद,तिमीले बुझ्छयौ होला मेरो पिडा .......!

उमेरले हामी धेरै फरक छौं ...

तिमी भर्खरकी छौ ,

म बुढी भै सकें...

मलाई थाहा छ -

तिमी मलाई बुझ्छयौ,

मेरो कुरा सुन्छ्यौ.....

मित्रता उमेरमा होइन ,बुझाईमा हुञ्छ भन्ने लाग्छ !

+

आज भोलि, म छटपटीमा छु .....,

बेचयनीमा छु .....!

तिमीलाई थाहा छ -

मेरो घर ,जुन म बस्दै आएको छु

अब त्यो घर छोरा -बुहारीले बिक्रि गर्ने रे.....!

म कसरी बिर्सु यो घर ?

जुन मेरो श्रीमान र म मिलेर बनाएका थियौं |

घरको झ्याल -झ्यालमा झुण्डिएका पर्दाहरु

मेरा यी हातहरुले

महिनौ लगाएर खुटेका थिए !

कोठामा सजाएका फर्निचरहरु

हरेक दिन धुलो टक्टकाउदै मेरा यी औंलाहरुले सुम्सुमाएका थिए !

अनि त्यो फराकिलो झ्यालबाट आधा पर्दा उघार्दै

बाटोतिर हेर्ने गरेका ती दृश्यहरु ,

गर्मीका दिनहरुमा

रुखका पातहरु हावासंग लुकामारी गर्दै बज्ने आवाजहरु ,

हिउँदका दिनहरुमा

हाँगा हाँगामा फुलेका हिउँका फूलहरु ,

जब म सम्झन्छु ती दिनका मिठा संघर्षहरु

म त्यसै त्यसै रोमान्चित हुन्छु |

तर ,

समय कति पर गै सकेछ ......

आँखा रसाएर आउछ ,

मन कुडिएर आउछ,

यो बुढेसकालमा यही घरमा

सुख संग बसौंला ,

नाती नातिनीहरुसंग खेलौला,

छोरा -बुहारीहरुको न्यानो माया पाउँला भन्ने सोचेको थिएँ ,

तर ती सबै सपनाहरु धुँवा भै उडेर गए !

उनीहरु भन्छन -

अब यो घरमा

म एक्लै बस्न हुन्न रे |

म बुढो भएँ रे ,

मैले आँखा देख्दिन रे ,

अब मलाई नर्सिङ्गहोममा राखने रे ,

म संग बस्ने उनीहरुलाई समय छैन रे !

++

उनीहरु बारम्बार मलाई सम्झाउछन

मेरो मिठो संघर्ष

लिलाम गर्न खोज्छन ,

तिमी नै भन, म कसरी सम्झुं ?

म कसरी हेरुँ ?

मेरो श्रीमानको मायाको चिनो बिक्रि भएको !

उनीहरुले किन बुझ्दैनन् मेरो चाहना ,

मेरो अन्तिम श्वास यही घरमा छोड्ने !

+++

तिमी अर्कै देशको मान्छे

भूगोल हाम्रो विभाजित छ ,

तर तिम्रो र मेरो ईश्वर एउटै छ!

के तिमी मेरो लागि प्रार्थना गरिदिन सक्छ्यौ ??

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।