17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चुनाव

लघुकथा कुमार काफ्ले May 12, 2016, 11:15 pm

-गम्भीर स्वभावको गम्भीर बहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो।

-कुरा कम काम बढी गर्थ्यो।

-चकलेटी स्वभावको प्रेम बहादुर महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो।

-उ चाहिने काम कम कुरा बढी गर्थ्यो।

-समयक्रममा ती दुईबीच स्थानीय चुनावमा प्रतिस्पर्धा हुने भयो।

-गम्भीर बहादुरलाई फराकिलो मतान्तरले हराउँदै प्रेम बहादुरले विजयको माला पहिरियो।

-केही पछि भेद खुल्यो,उसलाई जवानी सुम्पिएका महिलाहरूको मतले मात्रै उसले चुनाव जितेको रहेछ।

ओखलढुंगा।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।