आश्वासनका कुरा होइन निकास दिनुस् ।
विनाश होइन जनतालाई विकास दिनुस् ।।
लोकतन्त्र गणतन्त्र जे जेतन्त्र आएपनि,
सुख, शान्ति, सुरक्षाको आभाष दिनुस् ।।
तराई, पहाड, जाँ बसे नि एकताको पङ्ख फिजाई,
स्वछन्द भई उड्न पाउने आकाश दिनुस् ।।
कति दिनु निमुखालाई निराशाका पोकाहरु,
कहिले काही त अलिकति मिठास दिनुस् ।।
शहीदको रक्तमोल बिर्सिएर तपाई हजुर,
भन्दिनँ म ‘तुलाधर’ लाई स्यावास दिनुस् ।।
– खजुरा खुर्द –१ (बाँके) नेपालगन्ज