19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जीवन नियती

कविता मुकेश राई May 12, 2016, 3:21 pm

भदौरे भेल जस्तो उर्लने बैंश थियो

के के पो गरिएन र हौ लुङा

त्यो तिल्केनी उकालो, ओरालो एक फड्को लाग्थ्यो

सोच्छु, म नि मान्छे ज्याद्रो

छिमेकीको गोरु जुधाउँदा

सिङ फुक्लिएको त्यो साँझ

ख्याल ख्यालमा कम्ती त हाँसिएन

हुन त धेरै हाँस्ने मान्छे

रुनु पनि धेरै पर्छ भन्थे

हो र छ थाहा पाएँ अहिले

साथी संगत ठुलो नि हौ लुङा

कांक्रा भनेर फर्सी पो चोरिएन् कि ?

औलाउँदो, बौलाउदो मान्छे

मेजर मामाको बिटिस पोलिसी सर्काईमा

फुरुक्क फुर्केर उनको घर जग राख्ने पहाडै फोरिएन कि ?

तर पनि भदौरे भेल जस्तो जवानीमा

मन परेकी ठूलीलाई मन भरी सजाएर पनि

खहरेको पानी जस्तै भइयो

मनको कुरा पोख्नै सकिएन नि हौ

डाडे बिरालोले बाटो काट्यो

अहिले पो चुक खान्छु .... थुक्क पड्के !!

हौ लुङा यस्तै र छ जीवन नियती, माया पिरती

बुझेर बुझी नसक्नु रहेछ गाँठे !

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।