पहिलो पटक समुन्द्र छेउ
सुन्दर सफा र निलो
पानीका तरंगहरु
एक पछि अर्को गर्दै
मलाई गिज्याइरहेका थिए
मैले अनुभव गरे
मन्द हावा सूर्यको किरण
मलाई ताप दिइरहेका थिए
मानौ
अँध्यारो मलाई भेट्दैनथ्यो
पिंजडामुक्त सु‘गा झै
आत्माबाट आनन्दहरु निस्किए
तिनै तरंगमा मिसिए, हराए, बिलाए
स्वास बन्द गरिदिए
कस्तो बिचित्र दिव्य सन्तोष मनमा
फेरिएको स्वास
समिपमा पानी
अकस्मात्
सुख्खा बालुवाले गोडा पखाल्यो
शिर माथि चरा कराउदै उड्यो
कालो छाँया, चिसो अनुभूति
निकै टाढा क्षितिजमा
सूर्यास्त देखियो
मैले सोचे म जानु पर्छ
यो कस्तो अनौठो खेल
समुन्द्र जस्तै मनमा आशा
टाढा लाग्यो
सम्झन्छु, त्यो कथा म हुँ ।
बेल्जियम