डा.घनश्याम पौडेल र वालिकादेवी पौडेलका जेठा छोराका रूपमा मिति १९९९ साल असार ६ गते लुम्विनी अन्चल अर्घाखाँची जिल्लाको खिदिम हर्रावोटेमा मोदनाथ प्रश्रित (पौडेल)को जन्म भअेको हो । विपन्न परिवारमा जन्मेका प्रश्रित सानै उमेरदेखि प्रतिशोधी भावनाका थिअे । थिचो–मिचो नसहने स्वभावका वालक वाल्यकालमा आफूले भोगेको अनुभव गरेको विविध घटनाले भविष्य वनाउने कुरामा प्रत्यक्ष परोक्ष सहयोग पुर्याअेको अनुभव हुन्छ ।
मेधावी भअेका कारण र अथक मिहिनेतका कारण अेक सातामा नै कखरा छिचोलेको उनकै आत्मस्वीकृति पाइन्छ । हुने विरुवाको चिल्लो पात भने झैं साहित्यकार प्रश्रित वनारस पढ्न पुग्छन् र पाठशालाले दिअेको छात्रवृत्तिले जीवन चलाउन कठिन भअे पछि ट्युसन समेत पढाअेर पढाइलाई अगाडि वढाउन पछि परेनन् । परिश्रमको फल मिठै हुन्छ, उनले उत्तर मध्यमा परीक्षाको नतिजा प्रथम श्रेणीमा प्रथम भअेको देखियोे ।
सम्भव भअे सम्म ज्ञान आर्जन गर्न तम्सेका महाकवि प्रश्रित दुई दुईवटा विषयको अध्ययनमा पनि सफलता प्राप्त गर्दछन् २०२० सालमा साहित्य शास्त्री र २०२१ सालमा आयुर्वेदाचार्यको उपाधि हत्याअेका छन् । आर्थिक अभावका कारण पढाइलाई निरन्तरता दिन नसकेका प्रश्रित विद्यालय र क्याम्पस तहको अध्यापनमा सक्रिय हुँदै २०२५ सालमा त्रि.वि.वाट दोस्रो श्रेणीमा अेम.अे. नेपाली उतीर्ण गरे । अेउटा चेतनशील व्यक्ति राजनीतिवाट अलग रहन सक्तैन । त्यसमा पनि युवा ऊर्जा, युवा उमङ्गले प्रश्रितलाई वामपन्थी राजनीतिमा लाग्न प्रेरित गर्यो र २०२८ सालतिर पुनः वनारसतर्फ प्रस्थान गरेको पाइन्छ । वनारसमा वस्ता राजनीतिसँगै पठन–पाठनलाई पनि डोहोर्याउँदै २०३३ सालमा वाराणसेय सम्स्कृत विश्व विद्यालयवाट द्वितीय श्रेणीमा साहित्याचार्य गरेको पाइन्छ । यसवाट के थाहा पाइन्छ भने प्रश्रितले तिन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् – आयुर्वेदाचार्य (२०२१) नेपाली अेम.अे.(२०२५) साहित्याचार्य (२०३३) साहित्याचार्यको उपाधि सँग–सँगै उनको औपचारिक अध्ययनको विट मरे तापनि स्वाध्ययनलाई निरन्तर दिई रहँदा उनले राजनीतिशास्त्र, समाजशास्त्र, दर्शनशास्त्र कला सम्स्कृति इतिहास, विज्ञान जस्ता विषयको ज्ञानलाई पनि कम आँट्न सकिंदैन (मोदनाथ प्रश्रित फुटकर कविता तथा गीतहरुको अध्ययन विश्लेषण र मूल्याङ्कन २०५५ शोध पत्र) अध्ययनका विविध विषयमा समान ज्ञान र पहुँच राख्ने महाकवि प्रश्रित समाज परिवर्तनको पक्षमा दृढता पूर्वक उभिन्छन् । विपन्न परिवार सन्चालन, शिक्षा दीक्षाको भोक असङ्गतिपूर्ण समाज परिवर्तनको अभिभारा, प्राध्यापन, राजनैतिक कार्यकर्ता जस्ता जीवनका अनेक पाटालाई सहज रूपमा डोहोर्याअेर टुङ्गोमा पुर्याउन अविचलित कवि लेखनका क्षेत्रमा पूर्णतः सफल देखिन्छन् ।
वौद्धिकता र अर्थ समान रूपमा अेकै ठाउमा अटाउँदैन भन्ने परम्परावादी चिन्तन सत्य सावित भअे झैं लाग्छ । ज्ञान छ, कला छ, सिप छ, परिश्रम छ, लेखन छ, वैद्यको पेसा छ, चित्रकारी पनि कम छैन, पत्रकारितामा पनि सम्लग्नता छ, शिक्षक र प्राध्यापक भअेर कडा मिहिनेत गर्दा समेत भअेको पढाइ र परिवारको छाक टार्न असफल भअेर २०२३ सालमा पाअेको मदन पुरस्कारको चाँदीको पातो समेत विक्री गरेर अभाव टार्न परेको टर्रो अनुभव महाकवि प्रश्रितमा छ ।
कुरामा, बोलीमा र लेखहरुमा मात्र हैन, व्यवहरमा नउतारेसम्म सामाजिक परिवर्तनले गति लिन सक्दैन । परम्पराका कुसम्स्कार त्यसै हट्तैनन्, कोही न कोहीवाट आरम्भ गर्नै पर्छ । समाज सेवामा सम्लग्न कवि मोदनाथ पुस्तकालय स्थापना गर्दै जनजागृतिको लाममा आवद्ध हुन्छन् । पुस्तकालयको उद्घाटन रिवन काटेर वा घुम्टी खोली हुँदैन । व्राह्मण रेणु गौतम द्वारा हलो जोतेर गर्दछन् । यो दिन यति उल्लास र उमङ्ग छाअेको थियो करिव १०० हल गोरु व्राह्मणहरुवाट जोतिअेरै व्राह्मणवादको खिल्ली उडाअेका थिअे । जनवाद भाषण छाँटेर, कुरा कथुरेर मात्र आउँदैन व्यवहारमा लागु गर्नु नै पर्दछ । छुवा–छुतले जकडिअेको समाजमा जात–भातको विभेदले असमानता चुलिअेकोले यसको अन्त्य जरुरी छ भन्ने ठानी २०२३ सालतिर प्रश्रित सवै जातका मोन्छेलाई समेटेर वनभोजको आयोजना गरी समाज परिवर्तनको क्रान्तिकारी सोचलाई व्यवहारमा उतारी समाज सेवामा निरन्तर लागेका देखिन्छन् । विकास चरणवद्ध रूपमा हुन्छ, द्वन्द्ववादको नियम हो । कवि प्रश्रितको राजनीति यात्रा पनि क्रमशः अगाडि वेढेको पाइन्छ । नेपाली काङ्ग्रेसवाट राजनीतिमा खुट्टाटेकेका प्रश्रित आफ्ना गुरुजनहरुले काङ्ग्रेसप्रति गरेको टीकाटिप्पणीको प्रभाव परेर गोर्खा परिषद् तिर झुकाव वढ्दै गयो । यस पार्टीवाट परिवर्तन असम्भव ठहर्याअेका प्रश्रित पुनः नेपाली काङ्ग्रेसमा नै आस्थावान हुन पुग्दछन् । गोर्खा परिषद्को सामन्ती चिन्तन, नेपाली काङ्ग्रेसका पूँजीवादी चरित्रवाट दिक्क भअेर कवि प्रश्रित स्वतन्त्र भई साहित्यिक जीवन विचारमा पुग्छदन् (शोध पत्र २०५५)
महाकवि प्रश्रित सिद्धान्तमा दृढ छन् । आस्थामा सम्झौता गर्नु भन्दा मृत्यु रोज्नु उनको विशेषता हो । जस्तो सुक्कै विषम परिस्थितिमा पनि धैर्य धारण गर्न सक्ने विशिष्ट स्वभाव कविमा देखा पर्दछ । आफ्नो विवेकले ठहर्याअेका कुरा राख्नमा जिव्रो नचपाउने स्वभावले प्रश्रितका रचनाहरु सत्यको नजिक छन् । जनमुक्तिलाई टेवा पुग्ने कुरा मात्र लेख्नु र वोल्नु कविको विशेषता हो । आफ्ना वुवाले धर्मशास्त्रका पुस्तकहरु नीति र विधिका धार्मिक ग्रन्थहरुको लयात्मक पाठनले प्रभावित प्रश्रित छन्दवद्ध लयात्मक कवितामा आफ्नो विचार व्यक्त गर्दछन् । मानव र देवासुर सङ्ग्राम यसका ज्वलन्त उदाहरणहरु हुन् । देवकोटाले दश वर्षकै उमेरमा ‘म त अभागिनी पो भअें’ भन्ने कविता रचेका थिअे भने प्रश्रितमा पनि देवकोटामा झैं आशु कवित्व प्रवाह स्पष्ट झल्कन्छ । दश वर्षको उमेरमा अेक रातमा सातवटा कविता रचना गरें (पूर्ववत्–१६) कविलाई उत्प्रेरण दिने स्रोतमा पिताज्यूको पुराण वाचन शैली दधिराम घरासिनी र लेखनाथ पौड्यालको कवित्व हो । समाजमा विद्दमान शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भोक, रोग र अशिक्षावाट थिलथिलो भअेका ग्रामीण जनतालाई मुक्ति दिलाउन मार्क्सवादी दर्शनको प्रभावमा साहित्य सिर्जनामा जीवन समर्पण गरेको पाइन्छ । २००९ साल देखि कविता लेखनमा वा साहित्यिक यात्रा आर्म्भ गरेका कविलाई प्रधानाध्यापक दधिराम घरासिनीले पाँच रूपैयाँ पुरस्कार दिअेर अविर जात्राका साथ गाउँ पठाअेको क्षणले कवि प्रश्रितलाई औधी हौस्यायो र २०१५ देखि उनका मौलिक रचनाहरु प्रकाशित हुन थालेको पाइन्छ । अहिले सम्ममा करिव चार दर्जन भन्दा वढी उत्कृष्ट कृतिहरु पाठकका हातमा आइ पुगेका छन् । सामान्य अध्ययन सामान्य चिन्तनले यस्ता महत्वपूर्ण कृतिहरु जन्मनु सम्भव छैन । उनका विषयको ज्ञानको आदि अन्तको भेउ पाउन सजिलो छैन ।
प्रश्रित आरम्भमा पूर्वीय शास्त्रीय शैली, आध्यात्मिक धार्मिक प्रभावमा देखिन्छन्, तर जव समाज देश दुनियाको अराजक अस्वस्थ, अमान्य, अस्थिर जीवनले प्रभाव पार्दै लान्छ तव कला कलाका लागि र स्वात्त शुखाय भन्ने भनाइवाट अलग्गिअेर कला यथार्थ जीवन जगत्को कलात्मक प्रतिविम्व हो भन्दै सामाजिक, आर्थिक साम्स्कृतिक चिन्तन र व्यवहारलाई नै कला साहित्यको मुख्य स्रोत ठान्दछन् । शोषकका अधीनमा रहेको समाजको प्रखर आलोचना गर्नु पर्छ । प्रगतिशील साहित्यमा चर्को नारा र वोक्रे आदर्श हुन्छ भन्ने प्रतिक्रियावादीहरुको आरोपको विपक्षमा उभिंदै कलापक्ष देश काल परिस्थिति अनुरूप हुनु पर्छ । साहित्य आमूल परिवर्तनको लागि हुनु पर्छ । भोका, नाङ्गा, निमुखा, हली, गोठाला, खेतालाहरुका लागि उनीहरुको वुझ्ने भाषामा रचिनु पर्छ ।
लेखनका पक्षमा यति कुरा गर्दै द्र्रष्टा व्यक्तित्वका प्रश्रित के लेख्छन् हेरौं ।
समीक्षक मोदनाथ प्रश्रितका समीक्षाहरु ‘सङ्कलित रचनाहरु खण्ड सातमा सङ्ग्रहित छन् । यस पुस्तककार कृतिमा सङ्कलित रचनाहरुलाई यसरी वर्गीकरण गरिअेको छ–
(क) स्रष्टामा केन्द्रित समीक्षा
(ख) सृजना आधारित समीक्षा
(ग) चिठीपत्रमा अभिव्यक्त समीक्षा
(घ) अन्तर्वार्ता व्यक्त समीक्षकका विचार
(ङ) विचार र प्रवृत्तिगत समीक्षा
(च) समीक्षा टिप्पणी
‘स्रष्टाहरुका रचना पढेपछि उनीहरुको वारेमा आफूलाई लागेका धारण समीक्षाखण्ड शैलीमा कहिले – काहीं लेख्ने गरेको छु’ (सङ्कलित रचनाहरु खण्ड ७) कृति अध्ययन वेगर समीक्षा गर्नु वेठिक हो । कृतिको र कृतिकारको समग्र अध्ययन पछि मात्र कृति र कृतिकारका वोरेमा धारणा राख्न सकिन्छ । हँचुवा तवरले समीक्षा गर्नु भनेको कृतिकारलाई धोका दिनु हो । समीक्षा गर्दा कृतिकारको साामजिक परिवेश उसमा परेको प्रभाव देशकाल परिस्थिति देशी–विदेशी राजनैतिक सामाजिक साम्स्कृतिक अवस्थाको वारेमा जानकार हुनु पर्छ र मात्र वस्तुगत समीक्षा हुन सक्त छ । समीक्षाका वारेमा प्रश्रितको ठम्याइ छ– ‘नेपाली साहित्यका ठुल्ठुला साधकहरुले पनि प्रायशः विचार पक्षमा ध्यान नदिअेको र त्यसमा स्पष्टत, दृढता र स्थापित्व नअँगालेको देखिन्छ । विचारमा मैसमी परिवर्तन हुनु लेखकको सवभन्दा ठुलो दर्लवता हो ।’ (ऐं) हा,े समाज स्वार्थी छ स्वार्थी भअेकै कारण केही खुकुलो देख्यो, राम्रै लेख्यो, अलिकता निरङ्कुश शासक देखा प¥यो कि त मौन वस्यो कि त भाषा शैली वोली फेर्यो छेपाराले रङ्ग फेरे झैं भनाइ छ ‘माछा देखे दुलाभित्र हात सर्प देखे दुला वाहिर’ यस्तो ढुलमुले चरित्र लेखनु समीक्षकमा हुँदा सम्म सच्चा जनमुखी स्रष्टा एवम् द्रष्टाको अनिकाल हुन्छ । तर समीक्षक प्रश्रितको ध्यान विचारपक्षमा वढी केन्द्रित रहेको स्वस्वीकारोक्ति पाइन्छ ।
प्रश्रितलाई समीक्षकको रूपमा परिचित गराउने समीक्षात्मक ग्रन्थ हो वैचारिक विकासका सन्दर्भमा लक्ष्मी प्रसाद देवकोटा (२०३५) । यो कृति पटक पटक विभिन्न समयमा दोहोरिअेर तेहरिअेर आअेको छ । सङ्कलित रचनाहरु खण्ड ७ मा र महाकवि देववकोवटा शताही महोत्सव को अवसरमा त्रिमूर्ति निकेतन द्वारा २०६६ मा महाकवि देवकोटाको वैचारिक विकास नामक ग्रन्थका रूपमा आअेको छ । म यसमानै केन्द्रित भअेर ‘महाकवि प्रश्रितका द्रष्टिमा महाकवि देवकोटा, कस्ता देखिन्छन’ सो नियाल्न खोज्दै छु ।
यी दुई व्यक्तित्व यस्ता तिख्खर साहित्यिक व्यक्ति हुन् जे देख्छन् जे लाग्छ यो लेख्छन्– अेकजना २×२=४ को सिद्धान्तमा अडिग छन् । अर्का २×२=४ नै हुनु पर्छ भन्ने पक्षमा छैनन् । समिक्षकले पूर्वाग्रही हुनु हुँदैन, आग्रहरहित भअेर कृतिमा जे छ त्यसलाई विचारको साँचोमा ढालेर विश्लेषण गर्नु पर्छ । यस कृतिमा देवकोटाका वारेमा समीक्षा गर्दा समीक्षक प्रश्रित लेखकलाई हेर्दा क्रमवद्ध विकासको सन्दर्भमा हेर्नु पर्छ भन्दछन् । समय, उमेर, शिक्षा, परिवेश आदि कारणले मानविय चेतना र प्रतिभा अनेकांै आयाम र घुम्ती पार गर्दै अघि वढ्छ । यस्ता श्रृङ्खला पहिल्याअेर विश्लेषण गर्नु पर्ने कुरामा प्रश्रितको जोड छ । महाकवि देवकोटाको वैचारिक विकास २०६५, सय कृति वारे देवकोटालाई क्रमिक रूपमा चिनाउने, विश्लेषण गर्ने सन्दर्भमा प्रश्रितले ५ वटा शीर्षकमा विश्लेषण गरेका छन्–
१. दन्त्यकथाका देवकोटा
२. पुनरूत्धरनवादी देवकोटा
३. लोकतन्त्रवादी देवकोटा
४. समाजवादोन्मुख देवकोटा
५. अस्ताचलका देवकोटा
साहित्य सिर्जनालाई समयले प्रभाव पार्दछ चाहे त्यो अभ्यासिक स्रष्टा होस् वा स्वस्फूर्त विशिष्ट प्रतिभाशाली स्रष्टा होस् । देव नेपाली साहित्यका प्रसिद्ध युगान्तकारी लोकप्रिय स्रष्टा मानिन्छन् । समय चिनेका, समाजको मूल्याङ्कन गरेका राष्ट्रिय स्वाधिनताका लागि कलमी अभियानमा जुटेका र नेपाली वाङ्मयलाई अङ्ग्रेजी भाषा साहित्यको दाँजोमा पु¥याउने व्यक्तित्व र कृतित्वका वारेमा यतिले कलम चलाअे गणना सम्भव छैन ।
१९६६ मा जन्मेका महाकवि १० वर्षे कलिलो उमेरदेखि नै साहित्य साधनामा सम्लग्न देखिन्छन् । नेपालको राजनीति घटना क्रमले नेपाली साहित्यलाई यथेष्ठ प्रभाव पारेको छ । चाहे १९९७ सालको सहिद पर्व होस्, चाहे २००७ को राजनैतिक परिवर्तन वा सत्तामा व्यक्ति परिवर्तन भअेको होस् । यस्ता घटनाले देवकोटाको मनलाई उथलपुथल पार्ने काम गरेको छ । सामान्य व्राह्मण परिवारमा जन्मेका देवकोटालाई पैसाको सधैं अभाव नै भई रह्यो । ज्ञानको भण्डार कहिल्यै खाली भअेन । घर खर्च चलाउन शिक्षक, प्राध्यापक एवम् ट्युसन कर्मी भअेर पनि जीवनलाई अगाडि वढाइ रहे । यस कृतिका वारे शीर्षकमा प्रश्रित भन्दछन् ‘पचास वर्ष जीवनमा पारिवारिक राजनीतिक सामाजिक, शिक्षा मन्त्री’ समेतको भूमिकामा क्रियाशील हुँदै साहित्यिक क्षेत्रमा जुन विविद्यता पूर्ण विराट सृष्टि गरे त्यो नेपाली साहित्यमा अतुलनीय छ र विश्व साहित्यमा पनि त्यसको विशिष्ट स्थान छ । यसरी देवकोटालाई नेपाली साहित्यका ‘अद्वितीय प्रतिभा’ तभूतो न भविष्याति भनेर प्रचार गर्नेको लस्कर कम छैन । राहुल साङ्कल्यायनले देवकोटालाई भारतीय साहित्यका ‘पन्त प्रसाद निरौला वरावर एक देवकोटा’ भनेवाट पनि उनको महत्व चुलिअेको छ ।
पिता पण्डित तिलमाधव देवकोटाको आध्यात्मिक हिन्दू–वर्ण व्यवस्थालाई आदर्श स्विकारेर ईश्वरीय सृष्टिको सिद्धान्तमा अमिट आस्था राखी साहित्य सर्जना गर्ने प्रथम चरणका देवकोटा आफ्नै सहयात्री सहधर्मी सहकर्मी व्यक्तिहरुको हेपाहा, प्रवृतिवाट र युगको देश काल परिस्थितिको आग्रह अनुसार माक्र्सको द्वन्द्वात्मक भौतिकवाद पक्षपाती र समाजवादका समर्थक भअेर सृजना गर्ने सशक्त प्रतिभाशाली साहित्यकारका रूपमा देवकोटा उभिअेका छन् । विचारले मान्छेलाई दृढ वनाउँछ, कर्मठ वनाउँछ र जोदाहा वनाउँछ, देवकोटामा परिवर्तन र विकास सँगै आस्था र आचरणमा पनि परिवर्तन र विकास भअोके छ , त्यसैले देवकोटालाई युगान्तकारी कवि र नेपाली साहित्यमा विशेष महत्वको व्यक्ति मानिन्छ ।
साहित्यकारले समाज परिवर्तनका लागि समय समयमा अहम् भूमिका निर्वाह गरेका छन् । चाहे ‘मकैको खेती’ सृजना गर्ने कवि हुन् या त शान्ति मखु’ रचना गर्ने रचनाकार हुन् । कला जीवनका लागि भनी सृजनालाई महत्व दिने जो कोही साहित्यकार यथार्थको, सत्यको पक्षपाती हुन्छ । युगलाई समयलाई परिस्थिति र परिवेशलाई वुझेर पति अवुझ भई कला कलाका लागि भनी सृजना गर्ने साहित्यकार जनमुखी जनपङ्तिय वा जनमुक्तिका लागि कामयाव हँुदैन ।
यसरी समीक्षकले समीक्षा गर्दा विचार अनुरूप आचरण हुदैन वा विपरित आचरण हुन्छ भने त्यस्ताले समाजलाई योगदान दिन सक्दैन । रचनाकारका रचनाहरू कस्ता छन् जीवनोपयोगी छन्, मोरञ्जन मात्रै छन्, हास्य मात्रै छन् व्यङ्ग्यले भरिअेका छन् क्रान्ति चेतले भरिअेका छन् यी सवै पक्षको नाडी छामी विश्लेषण ग¥यो भने मात्र विचार र आचरणको सही विश्लेषण र मूल्याङ्कन गर्न सकिन्छ । प्रश्रित देवकोटाको विश्लेषण वा समीक्षा गर्दा उनको विचारको विकास र आचरणको हिसावले विश्लेषण गरेको खुलासा गर्दछन् (ऐ)
‘दन्त्यकथाका देवकोटा’ शीर्षकको समीक्षामा देवकोटा दन्त्यकथौ युगमा जन्मे त्यसमा नै रमाअे, उनको अलौकिक विशिष्ट लेखनले रहष्यमय वनाअेको हुँदा साथीभाइले, पाठकले, आफन्तले, श्रोता र आलोचकले अझ रहस्यमय वनाउँदै लगे । देवकोटा कुन परिवेशमा जन्मेका थिअे र कुन परिवेशमा रचना रच्दै थिअे विश्व साहित्य कतातिर फड्को मार्दै थियो । त्यसैले प्रभाव पार्दछ भन्दै प्रश्रित भन्दछन् “पूँजीवादी र साम्राज्यवादी समर्थक विद्वान्हरु पनि फ्रायवाद, अस्तित्वाद र वुद्धि देखि लिअेर हिप्पीवादसम्मका पूँजीवादी विसङ्गतिहरु नेपालमा भित्र्याअेर अन्ध विश्वास र रहस्यवादको व्यापक प्रचारप्रसार गर्दै थिअे । अर्को तिर पथभ्रष्ट समाजवादीहरु द्वन्द्वात्मक भौतिकवादी विज्ञान र चिन्तनविरोधी तानावाना फैलाउँदै छन् ।” विभिन्न धार्मिक सम्प्रदायहरु रहस्यवादको जाल वुनी रहेको विषम परिवेशमा वैज्ञानिक भौतिकवाद र समाजवादी आदर्शलाई धमिल्याउनु र शोषित जनतालाई रनभुल्लमा परिरहने प्रयास गरिरहेको थिअे । अतः यिनका प्रतिनिधि समालोचकहरु देवकोटालाई रहस्यवादी विलस्मी वनाई रहेका थिअे ।’ भनी प्रश्रितले उल्लेख गरेका छन् ।
वास्तवमा, परम्परावादी समीक्षकहरु मानिसलाई सामाजिक वस्तुस्थिति अैतिहासिक पृष्ठभूमिलाई नहेरी तत्सम्वन्धी मूल्याङ्कन नै नगरी चमत्कारी रूपमा विश्लेषण गर्ने भअेकाले सही र सत्य विश्लेषण गर्न सक्तैनन् । सही रूपवाट विश्लेषण गर्ने हो भने देवकोटा जन्मेको र हुर्केको अैतिहासिक स्थिति वुझ्ने हो भने देवकोटा ‘न आलौकिक पुरूष हुन् न त जटिल, लथालिङ्गे या रहस्यमय नै लाग्छन् ।’ विश्व दिनदिनै नयाँ युगमा फड्को मार्दै थियो । सामन्तवाद पूँजीवादमा, पूँजीवाद समाजवाद, समाजवाद साम्यवाद पुग्ने होडमा विश्व जनमानस निरन्तर युद्धरत थियो । साम्राज्यवादी किल्लाहरु भत्कने क्रम जारी थियो उपनिवेशवाद पराजयको मानसिकतामा घोत्लँदै थियो । वाह्य प्रभावले नेपालको भित्रि द्वन्द्वलाई चर्काउन प्रसश्तै सहयोग पुगिरहेको थियो । दन्त्य कथाका मान्यता चर्कँदै थिअे दैववादीहरु थर्थराई रहेका थिअे भनि प्रश्रित देवकोटालाई विश्लेषण गर्दा समय सापेक्ष भअेर विश्लेषण गर्ने सुझाउ दिन्छन् । देवकोटाको जीवनको अध्ययन गर्दा उनको व्यवहार उनको जीवन चर्याको रहस्यमय विचित्रको पाइन्छ । हरेक व्यक्ति जीवनमा अनेक परिचयले चिनिन्छ, छोरीहुन्छ वावु हुन्छ दाजु हुन्छ विद्यार्थी हुन्छ, शिक्षक हुन्छ, प्राध्यापक हुन्छ, मन्त्री हुन्छ, समाजसेवी हुन्छ, सरकारी सल्लाकार हुन्छ, अेकेडेमीको सदस्य हुन्छ, देवकोटा पनि उपर्युक्त सवै भअेका छन्– कहिले परम्परावादी, कहिले मार्क्स्वादी, आस्तिक, नास्तिक, वेदान्ती, दार्शनिक, ईश्वरवादी, अनीश्वरवादी वेदान्ती, प्रगतिवादी सवै हुन्, तर लेखक, कवि, महाकवि, उपन्यासकार, कथाकार, निवन्धकार, नाटककार, समालोचक, पत्रकार, अनुवादक, हास्यव्यङ्गकार सवका सव विशेषता भअेका युग पुरुष व्यक्तित्वका रूपमा चित्रण गर्न प्रश्रित उद्यत देखिअेका छन् ।
देवकोटालाई आफ्नै राजनीति पृष्टभूमिको वनाउन पूँजीवादी लेखकहरु अेक किसिमवाट विश्लेषण गर्दछन् र मार्क्सवादीहरु अर्कै किसिमवाट विश्वेषण गर्न पुग्छन् भनी डा.ईश्वर वरालको भनाइ र गोविन्द भट्टका भनाइलाई प्रश्रितले अगाडि सारेका छन् । वास्तवमा दुवै खाले समालोचकले देवकोटाको सही विश्लेषण नगरी आ–आफ्नै धारणाको आधारमा मूल्याङ्कन गर्दा देवकोटाको सही र वस्तुगत समग्र मूल्याङ्कन हुन सकेको छैन र देवकोटालाई जटिल विवादास्पद दन्त्यकथाकै पात्र वनाउन मद्धत पुर्याअेको तर्क प्रश्रितको पाइन्छ ।
पुनर्उत्थानवादी देवकोटा शीर्षकको समीक्षा प्रश्रित देवकोटालाई व्यङग गर्दै सत्य चिनाउन यी हरफमा देखापर्दछन्– ‘उनी यस्ता भावनामय प्राणी थिअे कि कुनै पनि घटना उनै अगाडि धक्कादर ढङ्गले नघटेसम्म त्यसवाट प्रभावित हुँदैन थिअे । काल्पनिक उडानमा उनी तिन हजार वर्ष पहिलेका कष्व ऋषिको आश्रममा सजिलो पुग्न सक्थे तर तार्किक उडानमा तिन हजार किलोमिटर टाढा लेलिनको दिशामा पुग्न सक्दैन थिअें ।’ यो भनाइवाट के पुष्टि हुन्छ भने देवकोटामा विवेक वा वौद्धिकता कम कल्पना वा भावना अत्यदिक पाइन्छ । देवकोटा भन्छन्– ‘जे आयो तर वर्षिई घनघटा कालोनिलोवाट यो ।’
जो जो ल्याउँछ सो विनीविनी लिने सौजन्यको सौख हो ।
देवकोटाको समय सामाजिक परिवर्तनका लागि ठूलाठूला ज्वालामुखीका भुल्काहरु मानवसमाज ओकलिरहेको अवस्था थियो । विश्व पूँजीवाद साम्राज्यवादको चरम चूलीमा उक्लँदै थियो सर्वहरा श्रयजीवी शक्तिले पनि पेरिस कम्यूत (वि.सं. १९८८) रचिसकेकी थियो । उनी ८ वर्षको हुँदा नहुँदै त्यसमा समाजवादी युग सुरु भई सकेको थियो । विभिन्न मुलुक राष्ट्रिय मुक्तिका अभियानमा होम्मिदै थिअे । प्रथम र दोस्रो विश्व युद्धले मानव मूल्यको ह्रास र उत्थानको, अस्मिता र विश्वासको वातावरण खोजी रहेको थियो । विश्वको विकास र परिवर्तनको लहर सँगसँगै नेपालमा पनि ‘गेहेन्द्र पर्व’ र ‘मकैपर्व’ मोटर तयार पर्दा जहाज र तोपको नमूना देखाउँदा, पुस्तक प्रकाशन गर्न दण्डको भागिदार वन्दै थिअे । सुधारवादी प्रचारक माधवराज जोशी अपमानित लान्छिन र दण्डित हुँदै थिअे । युद्धको वीभत्स रूप देखेर भोगेर फर्केका गोर्खा भर्तीक सैनिकहरु क्रूरताका व्यथापूर्ण गाथाहरु सुनाउँदै थिअे । १९९७ को विख्यात राजनीतिक हत्याकाण्ड देखी रहेका देवकोटा पनि क्रमशः आफ्नो उन्नति र विकासमा फड्को मार्दै थिअे । पौराणिक ग्रन्थ रुद्री चण्डी अध्ययन वाटै शिक्षा आरम्भ गरे पनि अङ्ग्रेजी शिक्षामा हाम्फाल्दै १६ वर्षमा म्याट्रिक्स र १९ वर्षमा आइ.अेस्सी.उतीर्ण गरेको थिअे । २१ वर्षमा अर्थशास्त्र र गणित विषयमा वि.अे. र २५ वर्षको उमेरमा विश्वको विधान र कानून अध्ययन गरी वि.अेड. समते उत्तीर्ण गरे । यस्तो सारा तारतम्य मिले पनि उनीमा खासै लेखनमा परिवर्तन नआअेकोमा समीक्षक प्रश्रित माथि उल्लेखित व्यङ्ग्य गर्न पुग्दछन् ।
यस चरणका देवकोटा अतीतको यात्रामा भौतारिअेका छन् । शाकुतलमा देवकोटा वर्तमानवाट पलयन हुन्छन् अतीतको यात्रा गर्दछन् र भविष्य प्रति आशावादी हुन्छन् । यसलाई प्रश्रितले ह्रासोन्मुखी दृष्टिकोणको सङ्ज्ञ दिअेका छन् । मान्छेले के–के गरी सक्दा पनि देवकोटा कानैमा वन्दुक पड्किंदा पनि कानमा वतास लागेका छैन । वर्गीय चेतनाको कारण यस चरणका देवकोटाका वोरमा प्रश्रित लेख्दछन््– परम्परागत जातिवादी, सामन्ती साम्राज्यवादी दृष्टिकोणलाई सम्वर्दन गर्दै सन्सारमा आर्यजातिको विजय र लेच्छ (अनार्य) जातिको पराजय हेर्न चाहान्छन् । .....जातजाति अेवम् शोषित वर्गको खास चिन्ता छैन । उनको सचेत कलमले मान्छेमाथि भअेको अन्याय, अत्याचार शोषण उत्पीडन देख्नु पर्थ्यो चर्केर वोल्नु पर्थ्यो । उनका काव्यमा विद्रोहका अगाडी लस्करहरु उर्लनु पर्थ्यो ।
वुद्धको आदर्शले सवै जाति वर्गका मानिसलाई समान अवसर दिने जीवन पद्धतिको विकासमा जोड दिअेकोमा हिन्दु वर्गव्यवस्था यसको घोर विरोधमा लागेको थियो । देवकोटाले समेत वुद्धको जीवनपद्धतिलाई प्रचारमा खुलेर चर्चा गर्न सकिरहेका थिअेनन् । देवकोटाले विअे.विअेलको अध्ययन गरेका भअे पनि चरम कमिदयक्त अर्थव्यवस्थाको विकल्पमा नवोल्दा, अझ विदेश गअेर धन कमाअेर साहुको ऋण तिरेर अरिणी भअेर गरिव भअे पनि स्वाभिमान पूर्ण जीवन वाच्ने अभिलासामा उनको मत पाउँदा प्रश्रितलाई आश्चर्य लाग्नु स्वभाविक हो ।
समीक्षक प्रश्रितको दृष्टिमा यस चरणका देवकोटाले “गरीव, किसान, भिखारी आदिका विषयमा कलम चलाअे पनि त्यस चित्रणमा यस्तो तस्विर उत्रेको छ, जस्तो कि लेन्स नमिलेको क्यामेराले दुव्लो लखटट्टु मानिसको पनि मोटो र हट्टकट्टा तस्विर उतार्छ ।” देवकोटा आफू जुन हैसियको छन् अरुलाई पनि सोही हैसियतको स्वाभिमानी ठानी विश्लेषण गर्दछन् । हली, खेताला, कमैया, दासी, रखौटी, दर्वान भान्से, भरिया, वेस्या वन्न वाध्य भअेकाहरुको वाध्यात्मक अवस्थाको अध्ययन गरी विश्लेशण गर्नु पर्नेमा प्रश्रितले जोड दिअेका छन् ।
देवकोटाका वारेमा समीक्षा गर्दा सारै मसिनोसँग रौचिदा दर्शनको प्रयोग गर्दै वस्तुनिष्ठ शैलीवाट खोज गरी समग्र ग्रन्थको व्यापक र गहन अध्ययनका पश्चात् गरेको विश्लेषणले पाठकलाई आकर्षण गर्न प्रश्रितको समीक्षात्मक कलम अति सवल र सक्षम छ । देवकोटाकै समकालीन लेखकहरु कविहरु गोपालप्रसाद रिमाल, लक्ष्मीनन्दन चालिसे, सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित आदि लोकतान्त्रिक आद्शले प्रेरित भअेर कलम चलाउँदा पनि उनी प्रभावित वन्न किन सकेनन् ? देवकोटालाई राणा विारोधी भई कलम चलाउन के ले रोक्यो ? त्यतिकैमा वालकृष्ण सम ‘परिवर्तनका सम्भावनाहरुलाई ध्यानमा राखी मिल्दो जुल्दो वर्गहित अनुरूप विदेशी कितावका पङ्तिहरु रटीरटी निरीश्वरवाद र भौतिकवादका कुराहरु पनि लेख्न पुग्थे । ....... तर देवकोटाले त्यस्तो वातावरणमा पनि आगामी सम्भावना र आफ्नो वर्ग हितको वाटो फैल्याउन सकेनन् ।” शासक खान्दानको सन्तान युगलाई पच्छाउन खोज्छ तर हरेक तरहले तिनै शासक र शासक खलकवाट पाहिल्यै पिच्छे लखेटिअेको अध्ययन मनन चिन्तन र विश्लेषणको दृष्टिले अग्रणी ठानिअेको देवकोटाले युगलाई नपच्छ्याअेको पाउँदा प्रश्रित यस्तो मूल्याङ्कन गर्न पुग्दछन्– ‘हिङ् नभअे पनि हिङ् वाधेको टालो’ भनेझै.... पापी राज्य सत्ताको विकल्पमा धर्मसत्ताको पुनर्स्थापनको ‘प्रतिशोध लिन’ कम्मर कस्न थाले ।” यस्तो उल्टो वदला पलायन हो । सङ्गठित युद्धको तयारी गर्नुको वदलामा कवि देवकोटा ‘मनु र सतरूपाका आश्रमतिर लागेकोमा प्रश्रित दुःखित हुन्छन् । प्रश्रितका आँखामा यस चरणका देवकोटा पङ्ख फुक्का नै देखिन्छन् – देवकोटा गणतन्त्रको निम्ति कुनै खतरनाक जीव थिअेन । राणाको विरुद्ध सङ्केत मात्र गरे वालकोहरीमा पुग्नु पर्ने साहित्यिक परम्परामा देवकोटा २००४ सालसम्म पनि उनी शङ्काको घेरामा परेनन् । ....१९९८ मा जुद्धशमशेरका सिकार वर्णनको डायरी लेख्न खटिअे । भाषानुवाद परिषद् र त्रिचन्द्र कलेज आदिमा ठाऊँ पाउँदै रहे ।” भनी देवकोटाको भगुवा चरित्रको विश्लेषण गरेका छन् ।
लोकतन्त्रवादी देवकोटा शीर्षकमा प्रश्रित भन्दछन् – ‘विश्वमा सामन्तवादी चियानवाट उठेको पूँजीवादी साम्राज्यवादसमेत भत्कँदै थियो ।.............. साम्राज्यवादी दाम्लोमा वाँधिअेको नेपाललाई न मिथकीय ‘रामराज्य’ तिर फर्काउन सम्भव थियो न त सूद्र र महिलाको व्रतवन्ध गरी आर्यसमाजी जनै भिराअेर समस्याको समाधान दुन्थ्यो । ” यस्तो अवस्थामा समाज परिवर्तन गर्न सुधारवादी उपायले मात्र हैन सशस्त्र सङ्घर्षद्वारा नै राणशाहीलाई उखेल्नु पर्छ भन्ने भावनाले विभिन्न राजनैतिक पार्टीहरु जन्मँदै गरेको अवस्था नेपाली साहित्यमा परम्परागत शास्त्रीयवाद, भक्तिवाद र चाकरीवादलाई लत्याउँदै स्वच्छन्दतावादी धारा अगाडि आयो जसको पूर्व नेतृत्व महाकवि देवकोटाले गरेका थिअे । यसले निराश पलायन र केन्द्रित वाटोतिर कदम वढाउँछ त्यति यो प्रतिक्रियावादी हुँदै जान्छ जतिजति आशावादी, विद्रोही, सामाजिक र अग्रगामी हुन्छ त्यतित्यति प्रगतिशील हुँदै जान्छ ।’ भनी देवकोटाको लेखनको विश्लेषण गर्ने सन्दर्भमा समीक्षक प्रश्रित उल्लेख गर्दछन् । शुरुका देवकोटा प्रकृतिपरक पुनरुत्थानवादी स्वच्छन्दवादीमा रमेका थिअे भने पछिल्लो चरणका देवकोटामा प्रगतिवादी स्वच्छन्दवादको विकास भअेको चर्चा पाइन्छ ।
लोकतन्त्र अेकपाटोमा मात्रै आअेर सम्भव छैन । वोली चाली वानी व्यहोरा भाषाशैली लय चिन्तन शोच विचार यावत् कुरामा परिवर्तन आउनु पर्छ । यस चरणमा देवकोटामा चेतनाको प्रसश्त विकास भअेको थियो। । १९९७को सहिद पर्वले देवकोटाको मनलाई चिमोट्यो र वन कविता रचिन पुग्यो । मुक्तमान खेप्तै र भोग्दै आअेका देवकोटालाई शासकहरु कहिले जुद्ध शमशेरको सिकार मात्र लेख्न वाध्य वनाउथें भने कहिले राँची अस्पतालको मुक्तमान खेप्न दिवस वनाउने । यस्ता अमानवीय दुःखद घटनाले देवकोटालाई मात्र हैन सचेत शिक्षित युवाहरुलाई आन्दोल्ति विभिन्न तह र तप्ताका मान्छेहरु के विद्यार्थी के भजदुर के किसान सवका सव चल्मलाउन, मुठ्ठीकस्न थालेका छन् । यही समयमा सिथिल भअेर झोक्राअेर वसेका देवकोटामा पुनः छटपटाहट सुरु भयो । मनमा लागेको, देखेको, वुझेको यथार्थकुरा वोल्न नपाउँदा वा सक्ता किन मान्छे हुने वरु प्रभुजीलाई पुकार गरेर भेडै हुने इच्छा देवकोटामा पाइन्छ । अव सचेत चेतनशील वुद्धिजीवीहरु भेडो भअेर थेच्चिने समय पार भइसकेको हुने हुनाले कवि सत्तासँग सिगैरी खेल्न ‘साँढे’ कवितामा टुक्रन थालेको पाइन्छ भनी यस चरनका देवकोटालाई प्रश्रित मुक्त कण्ठले प्रसम्शा गर्दछन् । यस चरणमा देवकोटा वाघले वच्चा किन खान्छ । भाचूँ भाचूँ लाग्छ यो कलम जस्ता उत्कृष्ट कविता लेख्न पुग्छन् । राणा विरोधी आन्दोलनमा प्रत्यक्ष होमिअेर ‘युगवाणी’ भन्ने पत्रिकाको सम्पादक भइ निरङ्कुश जहानीया तानाशाही सत्ता विरोधी प्रखर विचार अभिव्यक्तिमा उत्रन्छन् । ‘युगवाणी’ कालीन देवकोटालाई तत्कालीन लेखक समीक्षक पत्रकारहरुको भेट सकेनन् उनको अग्रसरतालाई आक्नै सकेनन् । दिल्ली सम्झौतामा पसेको काङ्ग्रेसलाई काङ्ग्रेस भित्रकै राष्ट्रवादी, क्रान्तिकारी प्रगतिशील योद्धाहरुले छोड्न थाले यस्ता घटनाले पनि देवकोटालार्य अझ प्रगतिशील पत्रकार कवि लेखक हुन विशेष सहयोग पु¥याअेको महशुस हुन्छ ।
लेखक कलाकार वा समाजका अन्य विभिन्न पेशामा रहेका व्यक्तिहरुलाई मुलुक र मुलुक वाहिरका अन्य विभिन्न क्रिया–प्रतिक्रिया, घटना–परिघटनाले प्रभावित पारिरहेको हुन्छ । हाम्रो देश र देशवासीहरु पनि वाह्य प्रभाववाट विमुख नभअे पनि त्यही गीत र शैलीमा अगाडि वड्न सकेका थिअेनन् । प्रश्रित भन्दछन्– “हाम्रो जस्तो अर्धसामन्ती र अर्धउपनिवेशी देशको निम्ती जनवादी क्रान्ति र मजदुरवर्गको नेतृत्व आवश्यक भअेको कुरा छिमेकी देश चीन र उत्तर कोरियाजस्ता क्रान्तिकारी अनुभवहरुले देखाइ सकेको थियो ।” औद्योगिक मजदुरहरुको अभाव सङ्गठन सङ्घर्षको खाँचोको कारण यस देशका थुप्रै वुद्धिजीविहरुलाई सामन्तवाद, विरोधी अभियानमा लाम लगाउन सकेन ।
यसरी प्रश्रितले देवकोटाको साहित्य लेखनका वारेमा समीक्षा गर्दा उनले भोगेको समय, त्यो परिवेश, व्यक्तिको चिन्तन आदिलाई नियालेर, पगालेर, समीक्षा, विश्लेषण या टिप्पणी गर्नुपर्छ । यसो भयो विश्लेषण टिप्पणी वस्तुवादी र व्यवहारिक हुन जान्छ । जत्र आग्रही हुन्छ । प्रश्रितको कलमले देवकोटलाई विश्लेषण गर्दा वैचारिक धरातलमा उभिअेर मिहीसँग विश्लेषण गरेको पाइन्छ । देवकोटालाई अनेक व्यक्तिले अनेक कोठावाट अनेक थरीथरीका टिप्पणी गरेका । थरीथरीका टिप्पणीहरु स्वन्तसुखायका लागि भअेका हुनसक्तछन् अेक प्रसङ्गमा महाकवि प्रश्रितले देवकोटाका वारेमा लेखेका छन्– मृत्यु शैयामा पीडाले छटपटाअेका वेलामा वोलेका कुरालाई प्रतिकृयावादीहरुले सङ्गीत भरेर रेडियोवाट प्रचार प्रसार गराअे । यिनीहरु देवकोटाको मृत्युमा जति दुःखी भअे त्यो भन्दा कैयौ गुणावढी ‘आखिर श्रीकृष्ण रहेछ अेक’को विलौनावाट खुसी भअे । वैचारकहरुले प्रचार गर्दा समान रूपवाट प्रचार गरेका भअे देवकोटाको वास्तविक स्वरूप सवैले चिन्ने मौका पाउथे– ‘म आज साम्यवादी देशमा भअेको भअे मेरो यो देश हुने थिअेन ।’ यसो भन्नुको तात्पर्य देवकोटा पीउाले न त छटपटाउनु पर्थ्यो न त ‘आखिर श्रीकृष्ण रहेछ अेक’ भनेर गिदगिदाउनु पर्थ्यो न त विमारी भेटन आउने इतमित्रहरुसँग विष नै माग्नु पर्थ्यो । यस्ता अजस्रो स्रोतका प्रखर, ओजस्वी महाकविलाई सरकारले नै औषधोपचारको व्यवस्था गर्थ्यो ।
अन्ततः देवकोटाको क्षमता, वौद्धिकता, लगनशीलता तत्कालीन राज्य व्यवस्थाका सम्चालकहरुले नवुझ्दा औषधी खर्च मात्र छैन उनको तलव समेत सरकारले समयमा उपलव्ध नगराइ दिदा उनको मृत्यु अल्पायुमा पीडादायक मृत्यु भअेको कुरामा प्रश्रितले जोड दिअेका छन् ।
सन्दर्भ सामग्री
१. ढुङ्गेल डिल्लीराम– मोदनाथ प्रश्रितका फुटकर कविता तथा गीतहरुको अध्ययन, विश्लेषण र मूल्याङ्कन, शोध पत्र २०५५
२. प्रश्रित मोदनाथ सङ््लित रचनाहरु खण्ड ७ २०५८
३. प्रश्रित मोदनाथ महाकवि देवकोट वैचारिक विकास, देवकोटा शताव्दी महोत्सव २०६६
४. प्रा.डा. रामलाल अधिकारी गद्यकारका रूपमा देवकोटा २०६६
५. मिर्मिरे महाकवि लक्ष्मीप्रसाद देवकोटा विशेषाङ्क विमर्श २०६७