सम्झनाले सताउँछ, पोल्छ देब्रे छाती,
एक्लेबरको चखेवा झैँ हुन्छु दिन राति
बगैचामा फुल्छन् फूल, छैनन् मेरा लागि
कल्पनाका खुशीहरू जान्छन्, भागीभागी
फर्किएर आए हुन्थ्यो, तर्किएर जाने
उधाराको बाचा-कसम अझै कति खाने
बेरुजु भो संधै जीवन हिसाव नमिलेर
तिम्रो मनको अदालतमा निसाफ नमिलेर
न्याय दिने न्यायमुर्ति फर्की आए हुन्थ्यो
चरी बस्ने मनको डाली थाहा पाए हुन्थ्यो