लडाएर हांस्छन यहाँ कोही घात गरी
गिजलेर फाल्छन कोही बासी भात सरी ।
जिबनको ओसमा पनि घाम पोत्छु भन्थे ।
फर्किएर अतित आज बगे रात भरी
झुन्डिएको थियो आशा आधिमा परेछ कि
उजाडी रोईराछ बसन्त नि पात झरी ।
रङगी बिरङगी जती कांच थपे पनि
दिन्न शोभा चुक्किएको चुराले हात भरी ।
'वाका'लाई जसले मनमा साचेको थियो
छेपारो झै रङग फेर्यो तेसैले सात थरी ।
कोलोराडो, अमेरिका