19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

त्यो साँझ

कथा मनोज धमला May 24, 2016, 8:14 pm

साँझ दिन ढल्दै गएको एउटा सुचक पनि हो र यो पनि धुर्ब सत्य हो कि अब एकैछिनमा हामी बसिरहेको यो धरातलमा बिस्तारै सन्नाटा छाउनेछ, । म उनलाई भारी मन लिएर पर्खदै थिए किनकि आज त्यो सधाको साझ जस्तो थिएन, जहाँ एउटा पिडा लुकेको थियो र मैले भारी मन लिएर स्विकार्नु पथ्र्यो आजको साझबाट उनि सँग मेरो सम्बन्ध सदाको लागी समाप्त हुदै थियो । काठमाडौंको ब्यस्त सडकमा उभिएर उनीसँग बिताएका ति मिठा तथा नमिठा पलहरुको यादमा डुब्दा ति मोटर गाडीका आवाजहरुले पनि मेरो ध्यानलाई खिच्न सकेन । छेउमै आएर कसैले दाई भनेर बोलाउदा म झसङ्ग भए, त्यो अन्जान मान्छे कुन्नी कता जानेहो बाटो सोद्घै थियो । मैले उनको कुरालाई बेवास्ता गर्दा त्यो मान्छे कुन्नीके भन्दै बर्बराउदै म बाट टाढा भयो ।

मैले दिएको र उनले भनेको समय समाप्त हुदै थियो किन किन यो मन यो शरिर धेरै दिनको ज्वरोले गलेको जस्तो अनुभब हुदै थियो, आफ्नै मनले आफैलाई भनिरहेको थियो, तिमि आफै उस्तो हो उनले जति माया तिमिलाई कसैले गर्दैन, तिमिले उसलाई बुझ्नुपर्छ फेरि अर्को मनले भन्थ्यो बिचार नमिलेपछि कति दिन यो सम्बन्ध सम्बभ छ ? फेरी म त अर्धबेहोसिमै रुन थालेछु किनकि उनले दिएको माया झल्झली आँखा वरिपरि घुमिरहेको थियो । हुनत हाम्रो माया, हाम्रो सम्बन्धमा कसैको रोकटोक थिएन तैपनि धेरैपटक हामी बिच विचारको लडाई भईरहैको थियो । म त सोचमै हराएछु, एक्कासी राज भनेपछि म झस्किए त्यो आवाज चिने जस्तो लाग्यो, होत उनि अर्थात सपना मेरो अगाडी आएर मनमा खुसि नभएपनि फिस्स हास्ने कोसिस गर्दै कोसिस गर्दै थिई तर त्यो कोसिस बेकाम हुदै थियो ।

त्यो साँझ अनि बिछोडको त्यो अन्तिम पल हामीले मनभरिको सपनालाई त्यहि थुप्रो लगाएर आफ्नै अगाडी जलाउनुथियो । हामी मौन थियै हो हामी दुबै के बोल्ने दोधारमा भएजस्तो भर्यौ । सडकमा सबारी साधनहरु आफ्नै गतिमा चलिरहेको थियो र त्यो भन्दा तिब्र हुरिबतास हाम्रो मनमा । केहि समय पछि हामीबिचको मौनतालाई मैले तोड्दै कतै बसेर कुरा गरौंन भने, र हामी एउटा क्याफेमा गयौ । आमुन्ने सामुन्ने थियौ हामी तर त्यो भेट, त्यो साथ पहिलाको जस्तो थिएन । बोल्न खोज्दा बोलि हराएजस्तो, मन कामेजस्तो मलाई भएको थियो र सायद उनलाई पनि भएको हुनुपर्छ । हामीलाई थाहा थियो त्यो बिछोड पछि हामी दुबैको जिबन पक्कै पनि सहज हुने थिएन । हामी बीच सामान्य कुराकानी भए जिन्दगीका, घरपरिवारका यस्तै यस्तै । मैले उनलाई अब आउने जिन्दगीको शुभकामना दिए, मैले शुभकामना दिएको बेला उनको दुबै आँखा रसाउदै आँसु परेलिबाट झर्ने कोसिस गर्दै थिए तर उनि सम्हालिदै तिमिलाई पनि शुभकामना भनेर रुन्चे अनुहार लगाउदै गर्दा कता कता यो छाती फुट्ला जस्तो गरि चर्किएको थियो । उनको अनुहारले भनेजस्तो लाग्थ्यो हामी जिन्दगीको यो यात्रामा सँगै यात्रा गरौन हुन्न ? कैले भनेजस्तो लाग्थ्यो माया गर्नेहरु बिचमा त झगडा हुन्छ अरु सँगत हुदैन नि, यस्तौ भनेजस्तो लाग्थ्यो । त्यो बिच त्यो क्याफेको वेटर भाई दुई पटक सम्म के ल्याउ हजुरहरुलाई भनेर सोध्न आईसकेको थियो र एकैछिनहै भनेर हामीले उसलाई फर्काएका थियौ र उ तेश्रो पल्ट हामी बिच आएर त्यहि कुरा दोहोराउदै थियो । मैले सपनालाई के खाने भन्दा उनले कफि भनिन्, मैले दुईवटा कफी भनि उसलाई पठाए । उनको र मेरो मायाको यात्रा यहि टुङ्ग्याउने कुरो अघिल्लो रातनै भईसकेको थियो । कफीको चुस्कि सँगै सपना भन्दै थिई राज जिन्दगीको यो यात्रमा तिमीसँग जुन साइनो गासे, जुन माया मैले तिमीलाई दिए र जुन विश्वास तिमीलाई मैले गरे, तर तिमिले मलाई बुझ्न सकेनौ या मैले तिमीलाई । मन भारी छ, तन सिथिल छ तैपनि छुट्नु छ हामी र बनाउनु छ छुट्टै दुनियाँ, जुन साथ अहिले सम्म तिमीले दियौ जुन समर्पण मैले तिमीसामु गरे पछिल्लो समय यस्तो लाग्यो यदि हामी दुवैले सङ्गै यात्रा गर्यौभने जहाँपनि दुर्घटना हुन सक्छ, उ भन्दै थिई तर आँखाभरी आँसु लिएर अनि मैले पनि भन्दै गए हो सपना अब हामी एक अर्कासँग छुट्टिनु पर्छ, छुट्टिने बेला म तिमिलाई दोष दिन चाहान्न, तिमिले यसो गरेउ, तिमिले उसो गरेउ, जति बेला हामि साथमा थियौ तिमीले दुनियाँ भुलेर मलाई माया गर्यौ आज हामी बीच त्यस्तो बाधा आईपुग्यो अब हामीले सँगै यात्रा गर्न सम्भब छैन किन भने तिम्रो त्यो खुसि, तिम्रो त्यो आफ्नो जिवन, मेरो अनुशार चल्नुपर्छ म भन्न सक्दिन, हो नि तिम्रो घर परिवार छ, आफन्त छन्, तिम्रा पनि आफ्नो सपना होेलान् त्यो सबै भुलेर म कुन बाटो हिड्छु त्याहि बाटो हिड म भन्न सक्दिन । हिजो के भयो, मैले के भने, तिमीले के भन्यौ र हामी बिच के नराम्रा भए त्यसलाई भुल्नु पर्छ हामीले र सम्झनुपर्छ तिमीले मेरा निम्ति कत्तिसम्म त्याग गरेउ र मैलेपनि तिम्रो खुसिको निमित्त कत्ति सम्म लागीपरे यो बुझ्नुपर्छ आज हामी भोलीको लागी टाढा हुदैछौं हामीले हेर्नुछ भोलि एक¬¬ अर्काको खुसि ।

मैले यि सारा कुरा उनको अगाडी भनिरहदा उनित एउटा मन्दिरमा राखिएको मुर्तीजस्तो अझ भनौ सालीक जस्तो भएकि थिईन, लाग्थ्यो उनि पनि सोचिरहेकि छिन् अब भोली आउने जिन्दगीको रुपरेखा कस्तो हुने हो, जिन्दगीको यात्रा कसरि अगाडी बढ्नेहो ? उनि टोलाउन थालेको देखेर मैले उनलाई भने, सपना अब हामी छुट्टिनु पर्छ, यति भन्दै मैले काउन्टर गई पैसा तिरे र चोक सम्म हामी सँगै आयौ । त्यतिबेला सायद साझको ७ः३० भएको थियो होला, हामी बिदाईका हातहरु हल्लाउदै आफ्नो आफ्नो गन्तव्यमा अगाडी बढ्यौ । कोठा सम्म जान मैले गाडी चढ्नु पर्ने थियो, गाडी चढे तर लाग्थ्यो के हराएजस्तो, केहि गुमाए जस्तो, मनामा एकप्रकारको बेचैनी, पिडा यस्तै यस्तै । एक्कासी म झसंग भए किनकि खलासी भाईले मेरो ज्यान छुदै दाई भाडा दिनुस भन्दै थियो, मलाई लाज लाग्यो किनकि उसले मलाई तिन पटक सम्म भाडा मागिसकेको रहेछ हा हा हा पागल म त कता हराएछु, नजिक म सँगै बस्ने मानिसरु मलाई हेरेर हासिरहेका रहेछन्, भाडा दिए अनि ठाउमा आईपुगेपछि ओर्लिए, कोठामा जान मन लागेन, कता जाउ के गरौ, आफ्नो कुरा, आफ्नो पिडा कसलाई रुदै रुदै सुनाउ, यस्तै भईरहेको थियो । कहिल्यौ रक्सि नपिउने मान्छे त्यो दिन पिँऊ पिँऊ लाग्यो, र कोठाको छेउ बाट बाटो मोडेर यौटा होटेलमा छिरे र पिउन थाले, पहिलो पटक पिएर होला सायद सारा संसार घुमे जस्तो लाग्न थाल्यो, लागेको सुरमा उनको नाम लिदै बोलाएछु अनि फेरि सम्झे उनीसंग त मेरो बिछोड भईसकेको छ, राती ९ः०० बजे सम्म पिएर बसे र अर्ध बेहोसिमै ट्याक्सी चडी कोठामा आए, त्यसपछि के भो मलाई थाहा भएन ।

भन्थे जिन्दगी यात्रा हो जुन यात्रामा मान्छेहरु हिड्नै पर्छ मन नलागेपनि मन लागेपनि, जति सुकै कठिन परिस्थिती भएपनि जिउनै पर्छ, उकाली चढ्दा साथ छुटेपनि ओराली झर्दा छाती चर्किए पनि उसले निरन्तर अगाडी बढ्नुनै पर्छ । आँखाभरि आँसु लिएर मुस्कुराउनु पर्ने बाध्यता हुन्छ मान्छेमा तर पनि मान्छे सम्झौता हो जिवन भनेर कहिले आफ्नो निम्ती, कहिले अरुको निम्ती बाचिरहेको हुन्छ । यसको अर्थ यो संसारमा म मात्रै दुखि छैन, यहाँका हर मानिश आफ्नै कथामा, आफ्नै व्यथामा बाचेका हुन्छन् । गाँउमा रहदा अझ भनु सानोमा बाले भन्नुहुन्थ्यो छोरा जिन्दगीमा जब तिमि पिडामा हुन्छौ त्यतिबेला तिमि नआत्तिनु, नरुनु र हेर्नु तिमि भन्दा दुखिलाई, त्यती बेला तिम्रो चित्त बुझ्नेछ । हो आज आएर आएर बाले भनेका कुरा बुझ्न थालेको छु, सानोमा बाले भनेका कुराले आज आएर अर्थ राखेको छ । सत्य लाई हामीले स्विकार्नुपर्ने रहेछ, जसले सत्यलाई स्विकार्दैन उ संसारकै सबैभन्दा दुखि मान्छे हुन्छ । जब फुल फुल्छ त्यसको सबैलाई माया हुन्छ, फुल त एकदिन ओईलिएर झर्छ र बाकी हुन्छ काँडा, त्यो काडालाई पनि स्विकार्नु पर्छ हामीले ।

सायद मैले भुल्ने कोसिस गर्नुपथ्र्यो होला मेरो अतित तर खै कुन्नी त्यो अतित यसरि छाँया बनि मेरो पछि पछि लागिरह्यो । मलाई लाग्थ्यो मैले मेरो अतित भुल्न म चितामा जल्नुपर्छ । आईरहे उनका यादहरु, सम्झिरहे त्यो पल, लाग्थ्यो जति याद म गर्थे त्यो भन्दा कैयौ गुना सम्झना उनले गर्थिन । मलाई अचम्म लाग्थ्यो किन मलाई उनिमाथि त्यति धेरै विश्वास थियो मलाई थाहा थिएन ।

लाग्थ्यो, मलाई आगोले पोल्छ तर कठै मलाई त थाहानै रहेनछ, कसैको सम्झनाले यतिधेरै पोल्छ भनि, जब जब म सपनाको सम्झनामा रुन्थे त्यतिबेला लाग्थ्यो उनि झन् कति धेरै पागल भएकि होलिन मेरो मायामा ।

दिन बिते, रात बिते र कैयौ ऋतुहरु मेरो सामुन्ने मितेरी लगाई परिवर्तन भए तर मेरो मन उनिप्रती उस्तै ताजा बनिरह्यो । मलाई कतिबेला लाग्थ्यो म पागल हुन्छु र कतिबेला लाग्थ्यो यो संसार अब मेरो निम्ति हैन अनि कतिबेला लाग्थ्यो म धर्तिको निम्ति बोझ बनिरहेको छु । सानोमा गाँउमा रहदा मेरो गाँउ नजिकै एउटा धने नाम गरेको मानिस बस्थ्यो, उ सधै जाड पिउने, गाँउमा नहुने काम गर्नेको अग्रपंतिमा आउथ्यो, उसको बुवा रत्न काकाले उसलाई गाली गरेर भन्नुहुन्थयो, यो धर्तिको बोझ मरेपनि हुन्थ्यो । त्यतिबेला मेरो कलिलो मनले भन्थ्यो रत्न काकाले किन आफ्नै छोरालाई यसरि गाली गरेको होला ? हो आज मेरो मनले पनि मलाई भनिरहेको थियो म साच्चै धर्तिको निम्ती बेझ बनिरहेको छु ।

बोझिलो मन, गलेको तन, पिडादायक बातावरण, उनको अभाब, लाग्थ्यो खडेरिमा पानी नपर्दा धाजा फाटेको जमिन जस्तो भएको छ मेरो मन । लाउन खान अभाब थिएन, एक्लो छोरो, भनेको कुरा पुरा हुन्थ्यो लगभग । नेपाल बस्ने मन लागेन, सोचे बिदेश जान्छु, मेरो मनको कल्पना बालाई सुनाए, बाले भन्नुभयो छोरा यत्रो सम्पत्तिछ किन जानु पर्यो बिदेश ? बिचारा बा, उनलाई के थाहा म पैसा कमाउन हैन कसैको याद भुलाउन बिदेश जादैछु भनी ।

भाग्यमा जे हुन्छ त्यो भएर नै छोड्छ । हातमा लागेको मसि हैन रहेछ जिबन, फोहोर भयो भनेर मेटिदिने, पटक पटक नलेखिदो रहेछ भाग्य, एकपटक लेखेपछि । उतिबेला राजाहरुले लगाएको लालमोहर जस्तो । जे हुनुछ त्यो भएरनै छोड्छ, हो त्यस्तै भयो मेरो जिन्दिगीमा र अन्तत म नेपाल छाडी अस्ट्रेलिया उडे । आफ्नो भन्दा घरको माया, घरको भन्दा परिवारको माया र सबैभन्दा उनै सम्झनाको माया लागिरह्यो । याद आईरह्यो साउने भेलसरी र उर्लिरहे अतितका छालहरु निरन्तर निरन्तर ।

घर छाड्ने बेला बा को अनुहार मलिन थियो भने आमाको गहभरि आसु, आमा अछेताको थालि लिएर सुँक्क सुँक्क रुदै हुनुहुन्थ्यो । बा आमालाई सम्झाउदै हुनुहुन्थ्यो, ह्या यो आईमाई पनि तेरो छोरो मात्र होर बिदेश जान लागेको ? तल्लो घरे रुपेश पनित बाहिर नै छ, छोरो मान्छे घुम्नु पर्छ । बाले यसरि भनिरहदा आमा चित्त नबुझेपनि बुझेसरी गर्दै चुप हुनुभयो । आमाको मन न हो, कहाँ मान्दोरहेछर मैले जान्छु है आमा भन्दा वहाँत डाको छोडेर रुन थाल्नु भयो । म पनि भारी मन लिएर अगाडी बढे, सोचे जिन्दगी यात्रा हो भनी । बिदेशमा भएपछि कडा काम, अनुशासित जिबन, चल्दै थियो मेरो यात्रा । नेपालमा हुदा बोल्न गाह«ो मान्ने रमेश दाईले पनि म सँग खुलेर कुरा गर्नुभयो, त्यो देख्दा मलाई सार्हैनै खुसिको अनुभुति भयो । सायद उनले पनि बुझे होलान, सबै मानीष भित्र मन हुन्छ, सबैको आफ्नै आत्मसम्मान हुन्छ ।

भन्थे प्रबिधिले मानिषलाई खुसि दिन्छ अनि धेरै ज्ञानी बनाउछ तर मलाई त्यहि प्रबिधिले दुखि बनायो । जसलाई भुल्न र जसको याद कमि गर्न म बिदेश आए झन् यो फेसबुकमा उनले राखेको तस्बिर र कारुणिक शब्दहरुले मलाई मर्माहित बनायो । सानोमा अझै भनौ सायद म गाँउमा रहदा हजुरबाले भनेका कुराहरुको अहिले पनि धमिलो याद मेरो मानसपटलमा छ, हेर छोरा मन दुखि छ भने जहाँ गएपनि सुखि हुदैन मान्छे । हो रहेछ आज यो कुरा म मा लागु भएको छ । बिदेशको बसाई, नयाँ ठाउ, नयाँ परिबेश सबै कुरा नौला थिए मेरो लागी । अनुभुति नयाँ, मान्छे नयाँ, काम नयाँ, सबै नयाँ कति समयत म त्यहाँ एक्लो भए, पछि पछि बानी पर्दै गयो । यसरि मनमा सम्झनाको याद भएपनि उनको खोज खबर बिना २ बर्ष बित्यो । एकपटक बिदाको दिन घुम्न बाहिर निस्किए, त्यती बेला म धेरैनै खुसि भए, त्यो खुसि हुनुको कारण मदन थियो, हो मदन जसले सम्झना र मलाई नजिक ल्याउने काम गरेको थियो । उ पनि धेरै खुसि भयो, यता आएको दुई महिना जति भएको रहेछ । उसको हालखबर सोधेँ, त्यस बिच जे कुरा म गर्न नचाहदै थिए त्यहि कुरा उसले कोतर्यो, हामी दुई बिचको फाटोको कुरा उसले निकाल्दै चिन्ता व्यक्त गर्यो र हामी एउटा रेष्टुरेन्टमा गयौ र दुई दाजु भाईले खाजा खादै कुरा गर्यौ ।

आज जिबनको यो प्रहरमा आएर मैले बुझ्न सकेको छैन कि, सुख के हो ? जिन्दगी के हो ? अनि के के बाट खुसि प्राप्त हुन्छ ? सनोमा गाँउमा रहदा मेरो बाले सधै मलाई भन्नुहुन्थ्यो, हेर छोरा राम्रो सँग पढ, ठुलो मान्छे बन्नुपर्छ धेरै पैसा कमाउनुपर्छ अनि मिल्छ खुसि भनेर । तर आज बिदेश आए, पैसा पनि धेरै कमाए खैत बाले भनेको खुसि ? सायद बाले पनि जिन्दगीको खुसि र सुख बुझेका रहेनछन् । बास्तबिक सुख भनेकोत मनको शान्ती रहेछ । पैसाले भौतिक सुख सायदै किन्न सकिदो रहेछ तर मनको खुसि किन्न फलामको चिउरा उपाउनुजस्तै रहेछ । स्कुल पढ्दा गुरुहरु भन्नुहुन्थ्यो, तिमि राम्रो पढ्छौ एकदिन तिमि ठुलो मान्छे बन्नेछौ, बिचरा गुरुहरु वहाँहरुलाई के थाहा मेरो जिवनमा भाबीले के लेखेको छ भनि ? पैसा कमाएर टाढाको मान्छे नजिक भए, हिजो म सँग नबोल्नेहरु बोल्न थाले तर मेरो मनको खुसि म बाट टाढा टाढा हुदै गयो । सानोमा म आमालाई रुदै पछ्याउथे तर आमा मलाई छाडेर आफ्नो काममा जानुहुन्थ्यो, म रुदै रुदै टाढा सम्म सम्म पुग्थे अनि आमालाई नदेखेपछि म भारी मन लिएर फर्कन्थे, सायद आज खुसि र म बिच त्यस्तै सम्बन्ध छ । सानेमा आमालाई पछ्याउथे आज खुसिलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।