19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरी मोना

कविता अर्जुन चामलिङ यावा June 2, 2016, 7:28 pm
अर्जुन चामलिङ यावा
अर्जुन चामलिङ यावा

एक-

कुरा कहाँबाट केभनी कोट्याऊ

मनमनै मनपराएकी मेरी मोना?

ल म यसै भनिदिन्छु तिमीलाई।

गाउँमा सँगै खेल्थ्यौं हामी

उकाली-ओराली कति सँगै हिँड्यौं पनि

सायद तिमीले बिर्सिसक्यौ

गाउँ आजभोलि शून्य-शून्य लाग्छ तिमीबिना

मेरी मोना तिमीलाई त खबर पनि छैनहोला।

तिमी त आजभोलि...

व्यस्त शहरमा व्यस्त छौ’रे

चिल्ला कारमा हिँड़छ्यौ’रे

मखमलयुक्त कुर्सीमा बस्छ्यौ’रे

आजभोलि ‘लोरियल’-को लालि चढेको सुन्छु

तिम्रो रूपमा ‘ऐस्वर्य’-कै जस्तो

छक्क पर्छु मोना, मेरी मोनै हो तिमी?

दुई

‘'ग्लोबलाइजेशन’ हुँदैछ भन्छन् आज

संसार '‘ग्लोबल भिलेज’ बन्दैछ’रे।

'‘ग्रिन रिभोल्युशन’-को कुनै ‘'इफ्याक्ट’ नपरेरै हो कि!

‘'ग्लोबल वार्मिङ’-को प्रभाव हाम्रो गाउँले पनि झेल्नु पर्छ’रे।

दिल्ली, कोलकाता र मुम्बईको '‘हट टेम्परेचर’

यतै भोग्न पर्ने दिन आउँदैछ पनि भन्छन्।

मेरी मोना! '‘ग्लोबल वार्मिङ’-को हावाले कतै

तिमीलाई पनि '‘हट टेम्परेचर’-मा पार्यो कि...

आजभोलि '‘फेसबुक’-मा ‘'अनलाइन’ पनि भेट्दिन

तिम्रो '‘प्रोफाइल’ पनि अप्डेट गरेकी छैनौ।

किन हो, तिम्रा कुनै सुन्दर तस्बीरलाई पनि

आजभोलि कसैले '‘लाइक’ गरेका छैनन्।

नयाँ ‘एकाउण्ट’-बाट '‘फ्रेण्ड एड’ गरेको थिएँ

‘'कन्फर्म’ गर्नेसम्म समय पाइनौ सायद।

तीन-

आज-भोलि '‘ग्लोबल वार्मिङ’-को हावाले

गाउँमा '‘हट टेम्परेचर’ सिर्जना गर्न थालेको सुन्छु

'‘ग्रिन रिभोल्युशन’-का लागि लगाइएका बिरुवाहरू

गाउँमा मर्दैछन् प्रतिदिन यहाँ

साँच्चै संसार '‘ग्लोबल भिलेज’ बन्दै त रै’छ

गाउँ बुढ़ाहरू, तन्नेरी-तरूनी सबै भेला गरी

समयमै सचेत गराउनु पर्छ, होसियार गाउँ...

‘'हट टेम्परेचर’-ले गाउँलाई पनि ब्यस्त बनाउन सक्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।