यो दिलको साइनो मेट्छु भन्यौ,
के मेट्न सक्छौ त?!
मैँले जस्तो माया गर्ने अर्को प्रेमी,
भेट्न सक्छौ त ?!
चिरियोस् छाती, रोकियोस यात्रा,
आफ्नो लागि खुशी नै सोच
मौन भएर म सधैं नै सहुँला
तिखा तिखा काँढाले घोच
यो आत्माको विलाप रेट्छु भन्यौ,
के रेट्न सक्छौ त ?!
मैँले जस्तो पूजा गर्ने अर्को भक्त
देख्न सक्छौ त..?!
ओइलियोस् मुना, खरियोस् पाखा
हरियाली आफैंमा रोप
दर्द सहेर म कतै हराउँला
मिठा मिठा चाहना छोप
यो जूनको `प्रकाश´तोड्छु भन्यौ
के तोड्न सक्छौ त?!
मैँले जस्तो रक्षा गर्ने अर्को मित्र
जोड्न सक्छौ त ?!