19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल रोमा निरौला June 9, 2016, 8:27 pm

विश्वास अझ प्रगाढ हुन्छ शंकाहरु फाल्छौ भने

जीवनदेखि आफैं हार्छौ अहम् पाल्छौ भने ।

बाटो बिच संकट परे कहीं कतै नडराउनु

गन्तव्यमा पुग्छौ तिमी सही कदम चाल्छौ भने ।।

को आफ्नो को बिरानो सबैलाई एउटै देख्छौ

तिम्रो मेरो भन्ने ठुलो भ्रमहरु टाल्छौ भने ।।

संसारमा गारो भन्ने केही पनि कुरा छैन

परिस्थिति सबै सहतामा ढाल्छौ भने ।।

तिम्रा ओरिपरि सारा खुशीहरु झलमलाउँछन्

यदि तिमी आफ्नै मनको दीयो बाल्छौ भने ।।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।