18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उत्तर-आधुनिकताको सतही बहस

विचार अच्युत वाग्ले June 15, 2008, 4:19 am

संसारभरि नै चलिरहेको उत्तर- आधुनिकताको बहस नेपालमा पनि भित्रिएको छ । मूलतः राजनीति, आर्थिक विकास, सांस्कृति तथा कला- साहित्य सिर्जना गरी चार पक्षमा उत्तर- आधुनिकता माथिको विश्वव्यापी बहस/ मन्थन जारी छ ।
उत्तर-आधुनिकताको उचित र उन्नत बुझाइका लागि यी चारै पक्षमा यसले राख्ने दृष्टिकोणबारे सामान्य जानकारी र यी क्षेत्रमा अहिलेसम्मको विकासक्रमको समझदारीको आवश्यकता पर्छ । अन्यथा यसको बुझाई अपूरो र एकांकी हुनजान्छ- अन्धा र हात्तीको कथाजस्तै । नेपालको सर्न्दर्भमा अहिले त्यस्तै भएको छ ।
उत्तर-आधुनिकतामाथिको बहस विश्वविद्यालयका केही अंग्रेजी भाषाका प्राध्यापकले सुरु गराएका हुन् । यसका लागि उनीहरू धन्यवादका पात्र छन् । तर उनीहरूले सुरु गराएको यो बहसको प्रवृत्ति र छनकले उत्तर-आधुनिकता साहित्य सिर्जनास“ग मात्र सम्बद्ध कुरा हो कि जस्तो प्रतीत हुन्छ । तर्सथ केही अखबारी र पुस्तक लेखनीमार्फ जारी यो अपूरो वाद-प्रतिवाद एकांकी त छ“दैछ, विषय ज्ञानका कसीमा पनि छिपछिपे र कतिपय अवस्थामा ठ्याक्कै उल्टो र भ्रमित पार्ने प्रकृतिको समेत देखिएको छ ।
दर्ुइ-अर्ढाई वर्षघि गोविन्दराज भट्टर्राईले उत्तर-आधुनिकतामाथि पत्रपत्रिकामा लेख्नुका साथै एउटा एफएम रेडियोमार्फ साप्ताहिक बहस नै चलाउनुभयो । अहिले उहा“ले यसै विषयमाथि लेखिएको दाबीसाथ एउटा पुस्तक पनि प्रकाशित गर्नुभएछ । रेडियो कार्यक्रममार्फ भट्टर्राईले जसरी आफ्नो सतही बुझाइका आधारमा विषयवस्तुलाई तोडमरोड गरेर श्रोता-पाठकलाई मर्ूख बनाइरहनुभएको थियो, त्यसको प्रतिवाद गर्नु र वास्तविक जानकारी यस विषयमा चासो राख्नेसम्म पुर्‍याउनु आवश्यक छ भन्ने त्यतिबेलै महसुस भएको हो ।
यही आवश्यकताबारे प्राध्यापक अभि सुवेदी र मित्र संजीव उप्रेतीस“ग छलफलसमेत गरे“ । अहिले उप्रेतीले शृङखलाबद्ध रूपमा लेखिरहनुभएको छ । तर आर्श्चर्य, उहा“को लेखाइले पनि उत्तर-आधुनिकताबारे उहा“को ज्ञान निकै सीमित छ भन्ने प्रस्ट पार्‍यो । उहा“का प्रस्तुति आंशिकमात्र सत्य हुन् । जस्तो- महाआख्यानबारे उहँ“को बुझाई सही छ भने विश्वदृष्टिको पुनःलेखनसम्बन्धी चर्चा गलत छ । उत्तर-आधुनिकता अखण्डित विश्वदृष्टि राख्दैन, त्यसैले त्यसको पुनःलेखनको व्याख्या र्सवथा असान्दर्भिक छ ।
अर्का प्राध्यापक भट्टर्राईका लेख र पुस्तकमा त्यो बुझाइको अंश त झन् शून्यप्रायः छ । सतही रूपमा बुझेको विषयमा एउटा पुस्तकै लेखिदिनु विषय र पाठक दुवैमाथिको घोर अन्याय हो । अहिले साहित्यकर्मीहरूबाट उठाइएको एउटा प्रश्न हो- के नेपालका सर्न्दर्भमा उत्तर- आधुनिकतामाथिको बहस आवश्यक छ - 'छ'- यो पंक्तिकारको राय हो । यही रायको सेरोफेरोमा, कसैमाथि टिप्पणी वा प्रतिटिप्पणी गर्नुभन्दा पनि यस लेखले उत्तर-आधुनिकलाई बुझ्ने एउटा दृष्टि पस्कने कोसिस गरेको छ ।
वामपन्थी झुकाव भएका लेखकबाट उत्तर-आधुनिकतालाई पश्चिमा नक्कल वा नवसाम्राज्यवादको प्रभावका रूपमा बुझिएका सर्न्दर्भमा विषयवस्तुको थप प्रस्ट्याई आवश्यक छ भन्ने लागेको छ । निश्चय नै यो एउटै लेख त्यति ठूलो उद्देश्य प्राप्त गर्न पर्याप्त हु“दैन । तर यसले विषयवस्तुमाथिको बहसलाई ठीक सर्न्दर्भ र अर्थतर्फनिर्देशित गर्न सहयोग गर्ला भन्ने अपेक्षा छ ।
उत्तर-आधुनिकतामाथिको बहसले प्रारम्भमै लगत बाटो पक्रिनुको कारण यसलाई अधुनिकतावादपछिको तर यस्तै एउटा वाद वा सिद्धान्तको रूपमा चित्रण र व्याख्या गरिनु हो । सरल रूपमा बुझ्दा उत्तर-आधुनिकता कुनै वाद वा सिद्धान्तको चस्मा नलगाई संसार जस्तो छ, त्यस्तै देख्ने, भोग्ने र लेख्ने प्रक्रियाको सुरुवात हो । यो अर्को एउटा सिद्धान्त, शैली, सूत्र वा अनुशासन पट्टक्कै होइन ।
आधुनिकतावादले संसारलाई समानीकरण -होमोजिनाइजेसन) को एउटै सिरक ओढाउन खोज्यो । राजनीतिमा समाजवाद, पु“जीवाद, मार्क्सवाद वा प्रजातन्त्र जे भने पनि संसारभर आफूले प्रिय ठानेको सिद्धान्तले संसार जित्नर्ुपर्छ भन्ने मान्यता राख्यो । केही विकसित देशले अवलम्बन गरेको बाटो प्रक्रिया र सूत्रको अन्धानुकरण नै आर्थिक विकासको निर्विकल्प पक्ष ठानियो । संसारको औपचारिक पोसाक टाइसुट भयो । संसारका मानिसहरू एकनासे कंक्रिट महलमा बसेर ब्लगमा आफ्ना रचना अपलोड गर्ने भए ।
यो समानीकरणको उहापोहमा मान्छेको आस्तित्व, चाहना, पहिचान र प्राथमिकता चाहि“ के भयो - हो, यही प्रश्नको उत्तर खोज्ने प्रयास हो, उत्तर-आधुनिकतामाथिको बहस । त्यसो भनेको चाहि के हो - यसलाई हाम्रै सर्न्दर्भका उदाहरणबाट बुझ्नु बढी सान्दर्भिक हुनेछ । यसका लागि माथि उल्लेख गरिएका चार प्रमुख विषय राजनीति, आर्थिक विकास, संस्कृति र कला-साहित्य सिर्जना सउदाहरण तर संक्षेपमा टिपोट लेख्नु उपयुक्त हुनेछ ।
नेपाल दु्रतगतिमा राजनीतिक परिवर्तन व्यहोरिरहेछ । कम्युनिष्टले चुनाव लडेर जिते । राजा खुरुक्क दरबार छाडेर गए, तर देश छोडेर भागेनन् । के अब नेपालमा साम्यवाद वा समाजवाद आउ“दैछ - छैन । उदारीकरण, पु“जीबाट वा निजीकरणले कुनै एउटा प्रक्रियाबाट मात्रै अब राष्ट्र सञ्चालित हुन्छ - त्यस्तो पनि देखि“दैन । त्यसो भए के त - फेरि प्रश्न उठ्छ - उत्तर सरल छ, नेपाल आफ्नै विशिष्ट प्रक्रिया, कार्यशैली र भू-राजनीतिक अवस्थाअनुसार अगाडि बढ्दैछ । यसले आफ्नो मौलिक राजनीतिको निर्माण गर्दैछ । कुनै वाद वा राजनीतिक विचारधाराको अन्धानुकरणले मात्र समस्याको समाधान निकालिरहेको छैन । वास्तविकता कुनै पनि देश वा प्रान्तको इतिहास निर्माणको प्रक्रिया यस्तै विशिष्ट हुन्छ । त्यसको प्रतिलिपि उतार गरेर अन्त शतप्रतिशत, जस्ताको तस्तै लागू गर्न सकि“दैन । कुनै राजनीतिक सिद्धान्त त्यसो गर्न अझसम्म सक्षम भएको छैन र त्यो सम्भावना पनि देखि“दैन । सारमा राजनीतिबारे उत्तर-आधुनिक बुझाई यति नै हो ।
त्यस्तै आर्थिक विकासबारे यति धेरै सिद्धान्त र अवधारणा आए पनि गरिबी, असमानता र सम्पत्तिका कारण सिर्जिने द्वन्द्व यथावत छन् । विकास प्रयास सफल भएका छैनन् । कारण प्रस्टै छन्, हाम्रा विकासका योजना अरू कसैले बनाउ“छ । हामीले चिनेको बिरुवा, जानेको सीप वा उत्पादनको कुनै कदर यस्तो विकास प्रक्रियामा छैन । उत्तर-अधुनिक आर्थिक विकासका दृष्टिमा यो गलत हो । यसले भन्छ- विकास त गरौं, तर स्थानीय सबलता- स्रोत, सीप र संस्कारको पनि उपयोग गरेर । प्रमुख सकारात्मक पक्ष विकासको फल उपयोग गर्ने मानिसको विकास प्रक्रियामा सम्पन्न सहभागिता यसको हो । अर्को शब्दमा हरेक क्षेत्र र समुदाय विशेषको आवश्यकता, प्राथमिकता, ज्ञान, सीप र स्रोतको उपलब्धताको अवस्था फरक छ । ती फरकको पहिचान गरेर, त्यसलाई सम्मान र उपयोग गरेरमात्र विकास सम्भव छ ।
अहिलेको बहसको केन्द्रविन्दुमा रहेको कला-साहित्य सिर्जनामा उत्तर-आधुनिकताको प्रसंग अझ रोचक छ । कुरा प्रश्नबाट सुरु गरौं । अंग्रेजीका गुरु संजीव उप्रेतीको लेखनीको प्राथमिकतामा एउटा राम्रो अंग्रेजी उपन्यास नपरेर 'घनचक्कर' किन पर्‍यो - अमेरिकामा बसेर अंग्रेजीमा लेख्ने सम्राट उपाध्यायलाई 'काठमाडौं'कै 'गड'लाई नै किन 'अरेष्ट' गर्नुपर्‍यो - मुर्म्बईमा बसेर चित्रकारिता गर्ने लक्ष्मण श्रेष्ठका आधुनिक पेन्टिङमा हिमाल स्थायी विम्ब किन हुन्छ - झुम्पा लाहिरीको आख्यानमा किन हिन्दू पात्रहरूको बहुलता छ - अथवा साहित्यमा नोबेल पुस्कारसम्म जितिसकेपछि भीएस नइपाललाई आफ्नो थरको उत्पत्तिबारे बयान र्सार्वजनिक गर्न किन जरुरी पर्‍यो -
यी वास्तविकताले केही नौला सत्यलाई उजागर गर्छन् । पहिलो, भोगाई वा आत्मानुभूति विनाको सिर्जना हुन सक्दैन । अनुभव र अनुभूति -वास्तविक र स्वप्निल दुवै) परिवेश सापेक्ष छन् । तर्सथ कला र सिर्जना सीमातीत क्षितिजमा कावा खानु होइन । यो बरु वास्तविकताको परावर्तन दिने दर्पणलाई सकेजति फराकिलो पार्नुमात्रै हो । दोस्रो, र्सजक र ग्राहक -पाठक, दर्शक वा उपयोगकर्ता) बीच विद्यमान सौर्न्दर्यचेतको स्तर नै सिर्जनाको मापदण्ड हो । त्यसमा कुनै ठूला सिद्धान्त, वाद वा महाआख्यानको आवश्यकता छैन । आम ग्राहकको चेतनास्तर नै निर्ण्र्ााारी हुन्छ, र्सजकले केवल एक तहमाथि उचालेर त्यसको चित्रण/वर्ण्र्ाागर्छ । उदाहरणका लागि, आइन्स्टाइनका वैज्ञानिक सिद्धान्तका सूत्रहरूलाई कवितामार्फ बुझाउने कोसिस अहिलेसम्म कुनै साहित्यकारले नगर्नुको कारण पनि सायद यही हो ।
अन्त्यमा, उत्तर-आधुनिकताको यति सरल बुझाइलाई किन बेतुकको बनाइ“दैछ भन्ने पक्षमा प्रवेश गर्नु जरुरी छ । पहिलो कारण हो- आधुनिकता र आधुनिकतावाद दुवैले सिर्जना गरेको अत्यास । धेरै मानिसको मस्तिष्कमा जसरी आधुनिकताले भूगोलका भिन्न-भिन्न टुक्रामा रहेका मानिसको बौद्धिक, सामाजिक र भाषिक लगायतका स्वतन्त्र अस्तित्व र पहिचानलाई एकरूपीकरणको यन्त्रमा पेल्ने काम गर्‍यो, अझ 'झनै आधुनिकता' वा उत्तर-आधुनिकताले के मात्रै नगर्ला भन्ने भयले बास गरेको छ । कतिपय मार्क्सवादी चिन्तकलाई पश्चिमतिरबाट आएपछि यो पक्कै साम्राज्यवादको थप हतियार हुनर्ुपर्छ भन्ने पनि लागेको छ । कतिपय सिद्धान्त र अनुशासनप्रेमीहरूलाईर् इश्वरको मृत्युको घोषणा गर्ने नित्से, सबै विचार गरिसके भन्ने फुकुयामा वा विनिर्माणको वकालतकर्ता ड्यारिडाको मात्र अनुयायी पैदा भए भने संसार कति अराजक होला भन्ने पनि लागेको होला ।
समग्रमा विकासशील आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशका लागि उत्तर-आधुनिकताको अवधारणा सहयोगी छ । निश्चय नै हो, यसका केही नकारात्मक पाटा छन् नै । तर पहिले यसलाई गलत ढंगले बुझ्ने र बुझाउने क्रम रोकिएर सिङ्गो छलफल र बहस ठीक दिशातर्फउन्मुख हुनुपर्‍यो । आशा गरौं, सानो आलेखले    त्यस अभियानमा एउटा इ“टा थपोस् ।
कान्तिपुर
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।