अम्बर तिमी गीतको भाव हौ
संगीतको मीठासमा सधैँ छौ
जहाँ त्यहीँ नेपाली भाषीहरुको
ढुकढुकीमा पलपल गुञ्जिरह्यौ
कहिल्यै दुर हुदैनौँ दुर भए पनि
मध्यबिन्दु जहाँ जन्मे जहाँ गए पनि
नौ लाखे तारा उदाए तिमी माझमा
प्रीतिको धुन भयौ मधुर साँझमा
लोकको प्रिय तिमी हर मनमा
कहाँ छैनौ तिमी घर-घर बनमा
हर एक स्वर तिम्रै गीत गाइरहने
शरद या बसन्तमा तिमी फूलिरहने
तिम्रो भावसंगै सबैको भाव बहने
संसारभरी हर मनमा तिमी रहिरहने
तिम्रो श्रृजनाले हाम्रो जिन्दगी छुने
हर देश हर ब्यक्तिमा तिमी बाँचिरहने
(संगीतका ज्योति अम्बर गुरुङलाई भावपूर्ण श्रद्धान्जली)
लस एन्जेलस