तिमी निदाउ
म सपनी बनि आउनेछु
तिमी लजाउ
म झन् हेरी रमाउनेछु ।
जून सिउँरु झैं लाग्छ
त्यो मन बराल्ने कपालमा
खुशी छरिदिउँ झैं लाग्छ
गुलाफ फक्रेको त्यो ओठमा ।
तिमी निदाउ
म सपनी बनि आउनेछु ।
एकोहोरो हेर्ने त्यो आंखा
पिउँदा पिउँदै म मातेछु
सुवास छर्ने त्यो सुस्केरा
सँग सँगै कतै हराएछु ।
तिमी निदाउ
म सपनी बनि आउनेछु ।
लस् एन्जेलस्