18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत नवराज बुढा "नवीन उदासी" June 24, 2016, 1:34 pm

जिन्दगिमा मैले केही गर्न सकिन।

'उदासी' मन्म खुसी भर्न सकिन।

रोकियो पाइला बिझे काँडाजती।

बढ्नै सकिन हताएर बाधाजती।

परिवेशमा अल्झिएर सर्न सकिन।

'उदासी' मनमा खुसी भर्न सकिन।

मन्मा चोट भए'नी देखाउँछु हाँसेर।

मनको रहर बसेछु मनभित्रै साँचेर।

दु:खको सागरमा दुबेर तर्न सकिन,

'उदासी' मनमा खुसी भर्न सकिन।

जिन्दगिमा मैले केही गर्न सकिन।

'उदासी' मनमा खुसी भर्न सकिन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।