कुन खोलाको बगरमा त्यो चिहान मेरो होला?
एकोहोरो शङ्ख बज्ने कुन बिहान मेरो होला?
जन्मेकोछु यस धर्तीमा म पनि त मर्छु एकदिन
राम जानून् कहिलेसम्म यो ज्यान मेरो होला?
जे भए नि यहाँ सबको आउने-जाने चलिर’न्छ
त्यो बाटोमा पैतालाको कुन निशान मेरो होला?
मान्छे पो हूँ किन छोड्थें यो शान यो चुरिफुरि
अनन्तमा बाँचिरहने त्यो ज्ञान मेरो होला?
दैव तिमीलाई नै था’छ सबको आज अनि भोलि
मरेपछि यो संसारमा के ध्यान मेरो होला?
राबङ्ला, दक्षिण सिक्किम