19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल सीता प्याकुरेल June 30, 2016, 2:47 pm

नाम खोज्छन् अरु म बदनामी खोज्दैछु ।

आफ्नो लागि कोही एक हरामी खोज्दैछु ।।

घाँटी दुख्दा पेट चिर्ने स्वास्थ्यसेवा देखेपछि ,

आफ्नै गाँउमा पसी झाँक्री , धामी खोज्दैछु ।।

मान्छेकै भीडमा मान्छे नदेखे'सी यी आँखाले ,

पट्टी बाँधी अब छामीछामी खोज्दैछु ।।

देश लुट्नेहरु सबै शहिद भा,को सपना देखेँ ,

खुसी हुँदै तिनका लागि मलामी खोज्दैछु ।।

अब मेरै काँधमा छ यो देशको अभिभारा ,

बेचिदिन्छु खरिदकर्ता दामी खोज्दैछु ।।

नीलकण्ठ न.पा.१, सीउँडीबार ,धादिङ्ग

हालः सातदोबाटो , ललितपुर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।