14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

पहाड उक्लिने सपना

कविता इन्द्रकुमार श्रेष्ठ सरित् June 30, 2016, 9:59 am
इन्द्रकुमार श्रेष्ठ  सरित्
इन्द्रकुमार श्रेष्ठ सरित्

ठिंग बीच बजारमा उभिएकी छु

मलाई कही जानु छैन

मलाई कही) पुग्नैपर्ने हतारो पनि छैन

मेरै दायाबायाबाट दौडिरहेका छन्

मानिसहरु उडिरहेको भविष्य समात्न

तर टिंग उभिएकी म जहीको तही) छु

मजस्तै बीच बजारमा ठिंग उभिएको छ हरियो कन्टेनर

यस्तो लाग्छ कन्टेनर र म मा केही छैन भिन्नता

बिना इतस्ततः उसले नि स्वीकार्छ फोहोर

उपाय नै नभएपछि मैले नै स्वीकारेकैै छु फोहोर

यही सडकको बीचमा उभिएर

कति कति असन्तुष्टिका स्वरुहरु सुनियो

गति र प्रगतिका गीतहरु प्नि मनग्ये सुनियोे

अनुहार नै साटेभैंm गरेर मान्छेहरु

रातारात बदलिएको पनि देखियो ।

तैपनि म त त्यही बीच सडकमा छु

म आपैm लज, होटल र रेष्टुरेन्ट

मेरो व्यावसायिक इमान्दारितामा भेदभाव पटक्कै छैन

अँध्यारोजत्ति जत्ति बाक्लिदै जान्छ

आदर्शको पहाड त्यत्ति त्यत्ति अग्लिंदै जान्छ

म सुनिदिन्छु चुपचाप चुपचाप

मलाई पक्कापक्की थाहा छ

भुकभुके उज्यालोसँगै आदर्शका पहाडहरुले आत्महत्या गर्न थाल्नेछन्

उज्यालोले मलाई जहिल्यै तिरस्कार गरेको छ

तर अँध्यारोमा चारैतिर नमस्कार नै नमस्कार छ

पाखण्डपन र पाखण्डीहरुको गरिसक्नु छैन बयान

अँध्यारो र उज्यालोको बीचमा अस्तित्वको किचाघान

नचाहेरै म लगातार दबदबे हिलोमा जाकिएकी छु

तर बारम्बार उम्किएर नुहाउन खोज्दा पनि

अँध्यारोलाई जितेर उज्यालो अँगाल्न

कसलाई मन नहोला ? कसको चाहना नहोला ??

फोहोरको कण्टेनरसँग उभिदाउभिदा आजित भएर

शुल्क नलाग्ने सपनाहरु देख्छन् एकजोडी अाँखाले

राज्यकर पनि नलाग्ने मनमा मीठो चाहना पाल्छ मनले

त्यसैले पो हो कि अचेल

सपनीमा म सधैसधैं पहाड उक्लिरहेकी हुन्छु

गरौं भारी बोक्नेहरुको अलि अलि बोझ बोकिदिन्छु

पसिना पुछ्दै बामे सरेर पहाड उक्लिरहेका

बुढाबा र गुरााँसजस्ती सानी नानीलाई डोर्याउछु

पहाड उक्लिंदा पनि विहानीको जोश निकालेर

उज्यालोको गीत गाउदै हिंडेका मानिसहरुको लस्करसँगै

झिमिसेको उज्यालोमा म पनि उनीहरुसँगै पहाड उक्लिरहेकी हुन्छु ।

तरहरा (सुन्सरी),हालः काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।