18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत विमल गिरी June 30, 2016, 11:03 pm
विमल गिरी
विमल गिरी

नसोधेरै मायाँ गरे नछोएरै धितलाई माँरे

तिम्रै यादमा लुकेर कतिपटक आँसु झारे

पुर्णीमाको जूनबनि आँखाभित्र बसेकी छौ

कहाभुल्न सक्छु र म मुटुभित्र पसेकी छौ

भन्न पनि गाह्रो हुन्छ छातिभित्र छामि हेरेँ

तिम्रै यादमा लुकेर कतिपटक आँसु झारे

यादमा छट्पटिदै बित्छन पल एक्लो हुँदा

फुल्ने मन ओइलियो मनले मनलाई छुदा

किन झर्छ आँसुभन्दै परेलीलाई आँफै बारे

तिम्रै यादमा लुकेर कतिपटक आँसु झारे ।

बेल्जियम, ब्रसेल्स ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।