18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत उज्ज्वल जी.सी. June 30, 2016, 11:04 pm

किन बनायौ उजाड मेरो जीवनको बाटोलाई

कोट्याउने नगर प्रिय मुटुभित्रको खाटोलाई ।

सहेकै छु केही नबोली तिम्रा अनेक गालीहरू

थहा छैन कति भासिए मेरा मनका आलीहरू

जालझेलमा किन पारेको हो मजस्तो लाटोलाई

कोट्याउने नगर प्रिय मुटुभित्रको खाटोलाई ।

पिरतीको गीत गाउ‘ंदै बिताएको छु रातहरू

बिर्सन कत्ति सकि‘ंदैन अझै पूराना यादहरू

मेट्न नखोज तातो ऑंसुले मायाको टाटोलाई

कोट्याउने नगर प्रिय मुटुभित्रको खाटोलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।