18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत कविता पौडेल July 8, 2016, 9:39 pm

ए आमा नेपाल तिमीलाई, काटेर टुक्रा पार्दैछन् ।

बेइमानी छोरा जन्माईछौ, विस्तारै सिमाना तार्दैछन् ।।

अरुका छोरा हेर त, विकाश तिर ढल्केका ।

यी तिम्रा छोरा हेर त, मागेर खान पल्केका ।।

नामर्द छोरा जन्माईछौ, भिक मागेर खाँदैछन् ।

देशको ढुकुटी मास्दैछन्, पागल जस्तै नाच्दैछन् ।।

भाइ भाइमा झगडा गर्दैछन् ओरालो तिर झार्दैछन् ।

ए आमा नेपाल तिमीलाई काटेर टुक्रा पार्दैछन् ।।

देशको विकाश कहाँ हो कहाँ कुर्सिका लागी उफ्रिन्छन् ।

आमाको छातीमा टेकेर साँढे जस्तै डुक्रिन्छन् ।।

ए आमा नेपाल, तिमीलाई, काटेर टुक्रा पार्दैछन् ।

वेइमानी छोरा जन्माइछौ, विस्तारै सिमाना तार्दैछन् ।।

बमले खनेका गहिरा घाऊ, आमाको छातीमा ताजै छन् ।

सहिदको रगत खाँदैछन्, वर्वादी तिर लाँदैछन् ।।

ए आमा नेपाल तिमीलाई, काटेर टुक्रा पार्दैछन् ।

वेइमानी छोरा जन्माइछौ विस्तारै सिमाना तार्दैछन् ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।