18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत प्रकाश बजगार्इं अन्जानपथ July 16, 2016, 4:44 am

मलाई पृथक आत्माको, मान्छेमा किन गन्छौ

समयानुकुल स्वार्थमा, गल्दैन यो किन भन्छौ.@!

आफ्नालाई घाउ लाग्दा, रमाउने म दैत्य हो र

परिस्थितिले खेदेपनि, देशभक्ति कतै डग्ने छ र

मलाई उब्जाउ वस्तुको, भूमिमा किन खन्छौ

समयानुकुल स्वार्थमा, गल्दैन यो किन भन्छौ@!!

आमाको त्यो मुटु जल्दा, जलोस् भन्ने कुपुत्र हो र

पर्देशी गाँस खाएपनि, नेपाली कतै झुक्ने छ र

मलाई आर्थिक मूल्यको, तत्वमा किन बन्छौ

समयानुकुल स्वार्थमा, गल्दैन यो किन भन्छौ@!!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।