19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल शारदा खड्का July 22, 2016, 5:38 am

अधिकार माग्ने हाइन खोस्न अघि सर नारी

नारा मात्र नघन्काई वास्तविकता छर नारी ।

विश्व हेर नारीले’नि चन्द्रमामा पाइला टेके

नेपाली पो के कम छौं र संघर्ष गर नारी ।

महिला पुरुष बराबरी भाषण अनि कानुनमा

यी आदर्श सार्थक पार्न यथार्थमा झर नारी ।

एक्काइसौं शताब्दीमा सहनु हुन्न शोषण दमन

साहस जुटाई पुरुषभन्दा तिमी अघि पर नारी ।

गर्नैपर्छ प्रतिस्पर्धा असम्भव यहाँ केही छैन

सफलताको शिखर जँघार आजै देखि तर नारी ।

ओख्रेनी –२, रामेछाप

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।