19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल घायल कार्की राजन July 22, 2016, 5:40 am

सुनसान भइसक्यो, अझै निद्रा परेन

आधारात गइसक्यो, अझै निद्रा परेन ।

पीडाले छट्पटिँदा, बर्ररी आँसु झरे

गाला पूरै धोइसक्यो, अझै निद्रा परेन ।

विगत्मा गरेका तिता मिठा याद् आउँदा

शीतले भूइँ छोइसक्यो, अझै निद्रा परेन ।

एक्लैएक्लै बसी बिलौना गर्दाखेरी

आकास सारा रोइसक्यो, अझै निद्रा परेन ।

जति आँखा चिम्ले पनि परेलीमा उनी छिन्

कुखुरी काँ बाइसक्यो, अझै निद्रा परेन ।

सित्तलपाटी – २, सिन्धुली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।