19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

झ्याल

कविता राम बिनय July 22, 2016, 6:06 am
राम बिनय
राम बिनय

उ कोठामा पस्यो

गुम्सिएको कोठामा

हेरयो । सुँग्यो कोठालाई

म्रिगकुन्जको गैँडा भएर

उ दुल्यो कोठामा ।

झयाल खोल्यो

मिरमिरे बतास भएर

हावा पस्यो ।

उस्को जिउ भरी रँगिएर

हावा भरियो

स्वास भएर

जीउँदो स्वास भरियो ।

बाहिर हेरयो उसले

देख्यो फेरिएको सँसार ।

छक्क परयो

आफनो कोठा र आफु

केही फेरिएको छैन ।

आफैलाई हेरयो एैनामा

फेरिएको छ उ पनि बालापन देखि प्रौढतामा

हात्तिको छाला भएको छ उस्को सँबेदनशीलता पनि ।

फेरिएको छ सबै कुरा

तर भित्रै देखि आफु फेरिएको जस्तो लागेन उस्लाई

सँसार फेर्न आफै फेरिनु पर्ने ब्यक्ति कस्तो जब्बर ढुँगा भएको ?

आफै कोच्चिएको जस्तो लाग्यो आफैलाई

उत्साहले फेर भन्छ आफुलाई

तर आफुमा के छ थाहा छौन उस्लाई

कसरी थाहा पाउने खै ?

शोच्दै उ झयालमा उभियो ।

पस्यो अँध्यारो कोठामा

झयाल खोल्यो

हावा पस्यो ..सुबास पसेन

ज्योति पस्यो सँबेदनशीलता पसेन

आफुमा केही पनि पसे जस्तो लागेन ।

कसरी फेर्ने होला आपैmलाई ?

झयाल सित उस्ले सोध्यो

झयाल खिक्का छोडेर हाँस्यो ।

२९ जुलाई२०१४, लण्डन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।