नीलो–नीलो आकाश हरियो–हरियो धर्ती
मैले दिएँ तिमीलाई रातो रङको प्रीति ।
मेरो नाम जोडियो तिम्रो नाममा
तिम्रो नाम जोडियो मेरो नाममा
मैले दिएँ तिमीलाई मेरो नाम
तिमीले दियौ मलाई तिम्रो नाम ।
मैले तिमीलाई प्रेम दिएँ
तिमीले मलाई माया दियौ
फूलजस्तै कोमलता दियौ
जूनजस्तै शीतलता दियौ ।
तिम्रो गाउँ भयो मेरो गाउँ
मेरो ठाउँ भयो तिम्रो ठाउँ
मैले तिमीलाई छानेँ अरबमा
तिमीले मलाई छान्यौ अरबमा ।
नीलो–नीलो आकाश हरियो–हरियो धर्ती
मैले दिएँ तिमीलाई रातो रङको प्रीति ।
कोटेश्वर, काठमाडौँ ३५