19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मनको भित्तामा पुरानो दृश्य !

कविता दीपेन्द्र के.सी. July 29, 2016, 6:57 am

बलजफ्ती गर्छ समय !

एउटा घेरा नाघेर

पुग्नलाई धेरै पछि

सम्झनाहरु बनिसकेका छन्

विषको प्याला

तर मान्दैन यो मन

नफर्किनलाई पछि ।

त्यता फर्किनुु

श्वास फेर्नु हो काँडाहरुको

ओद्रिएपछि छाती

च्यातिएका शव्दहरु जोडीहेर

बन्छन केवल तिम्रो नाम,

हरेक रात—

मेरो निद्राको साम्राज्यमा

बिष्फोटित सम्झनाका तोपहरु,

केही छैन्न अरु

टुक्रिएका सपनाहरु

जोडिन्छन भनेपनि यदि

एउटा तिम्रो तस्वीर बाहेक

बन्दैन अरु केही ।

कथाहरु कतिपय !

बग्दैनन् आँशुहरुमा

र मेटदैनन् समयका इरेजरहरुले

यो छातीको शिलालेख

उभिएको छ बर्षौंदेखि

ती हस्ताक्षरहरु हुन तिम्रै

ती हरफहरु हुन तिम्रै

एउटा नामको सम्बोधन

हो तिम्रै !!

यो बुजुर्ग ऐना, झुण्डाइबस्छ

पुरानो दृश्य मनको भित्तामा,

प्रिय ! हाम्रो पहिलो भेट

मृत्युदण्ड थियो रहरहरुको ।

बागलुङ, हालः लुभेन बेल्जियम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।