19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल अनुभव आत्रेय August 8, 2016, 6:52 am

मान्छेहरूको दुनियामा मानवता भेटिएन

कोलाहल छ जताततै नीरवता भेटिएन।

आफ्नै दूनो सोझ्याउने सबको दाउ आफ्नै

आवरण र भित्री मनमा समानता भेटिएन।

बगैंचामा आजभोलि काँड़ाहरू फस्टाउँदाछन्‌

फूलमा पनि किन हो कोमलता भेटिएन।

साधुहरू धेरै-धेरै कालो आत्मा बोकी हिंड्ने

यूधिष्ठिरमा पनि आज सत्यता भेटिएन।

माहाभारत मच्चिँदो छ अझै पनि परिवारमा

अस्तित्व नै मिट्दा पनि एकता भेटिएन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।