नरोउन आमा आँशुले तिम्रै सन्तति बगायो
घरबार छोडि, अँधेरी रातमा अन्यत्र भगायो
उर्लियो काली मच्चियो मेची गड्गड् गण्डकि
भूकम्प भूलि बिर्सेको व्यथा लौ फेरि जगायो
वाणगंगा बौलाई, तिनाउ तन्क्यो नि बेस्सरी
तामाको मुना उखेलि झ्याङ छिमेक नगायो
रौंसेको कोशी, कठै! कमला रुवायो राप्तिले
प्युठाने प्यारा,बर्दिया ,बारा अनिकाल लगायो
प्रकृति पापी ,पूजेकै थियौ पछार्यो पाखामा
बाढी र पहिरो, पहाड र खोला मिलाइ ठगायो
(भरतपुर, चितवन )