जिन्दगीमा नदुखेको को चैं हुन्न र?
पर्दाभित्र नलुकेको को चैं हुन्न र?
बेला छँदा उमेरमा सागर तर्छु भने पनि
कुनै दिन त नडुबेको को चैं हुन्न र?
चुलिएर वैभवले जति आकाशिए पनि
हिमालसँग नझुकेको को चैं हुन्न र?
घाम पनि बादलभित्र लुकिदिँदा कुनै बेला
झरीसँगै नरुझेको को चैं हुन्न र?
सास हुँदा रात पिछे जति ओछ्यान फेरे पनि
चिर निद्रा नसुतेको को चैं हुन्न र?