18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्थित प्रज्ञा

कविता पेशल आचार्य August 19, 2016, 1:45 am
पेशल आचार्य
पेशल आचार्य

ईशान दिशाको

उष्ण पवन

शनैः शनैः फैलिरहेछ

प्राचीको

कुनै अनकण्टार गुफामा

दुःखका सिम्फोनीहरू

बजिरहेछन्

कविताको नाद्

पृथुतम् पृथ्वीमा

हिजो थियो

संगीतको झन्कार

सौष्ठव संसारमा

आज छ

ब्रह्माण्ड हल्लीरहे कोक्रा झैँ

भोलि रहने छ,

संसार रहे त हुने हुन्

सबैसबै

नाटकहरू

मल्लयुद्धहरू

भेडाबाख्रा खेदे झैँ

बलियाले दुब्लालाई

यो शासनको

मालदाम्लो

संकटापन्न स्थितिमा

मलिन

क्लान्त र झुरिएको छ ।

टीकाथली–४, ललितपुर

हालः मन्थली उमावि, मन्थली

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।