19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्रो मायामा

कविता गोबिन्दिसंह रावत June 24, 2008, 6:05 pm

एउटा बिम्ब बनेर आयौं  प्रतिविम्ब बनेर छायौं
केही क्षणको मिलापलाई माया बनायौं
कैदी बनायौ प्रेमको सजाय पाए  दाम्पत्यको  
परिवारको कारागारमा जन्म कैदको सजाय सुनायौं ।
 
एउटा अपरिचित मान्छेको आगमनले
जीवनको गणित नै सरल पारी दियो
तिम्रो स्वाभिमान  र अटल निर्णयले
संर्घष गर्दै गयौं सफलताको  
अनि आश्रय बनायौं बात्सल्यको
मायाको छानो र विश्वासको गारो हालेर ।
 
तिम्रो मायाको संसारमा रमाएर
जीवनलाई  आपुनै रंगमा रंगाएर
एक आर्काको मायामा हराएको पनि
रजत वर्ष भई सकेछ ।
 
दिन महिना साल
ऋतुको परिवर्तित ब्यवहार
उमेरले धरहरा चढ्दै गयौं
मायाले सगरमाथा
कैदको पच्चिस बसन्तमा पुगेर आज
प्रेमको मूल्यांकन गर्न मन लागिराछ  ।
के पायौ के गुमायौ       
आपुना पाईतालामा कुल्चिएर हामीले  
एउटा नव गनतब्य पहिल्यायौं
एउटा बेग्लै परिवेशबाट आएको मान्छेलाई
आपुनो रंगमा रंगाएर पहिचान दिलायौं
तिमीले मलाई मबाट हामी बनायौं
तिमीले मलाई मबाट हामी बनायौं ।
टोरोन्टो, क्यानाडा
 
 
 

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।