19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मन, मुटु र वेदनाहरु

कविता खेम राई September 2, 2016, 6:14 am

विश्व यात्रामा निस्किएको

मनको वेगसँगै

ढुक्ढुकीमा नियात्रा लेख्ने

मुटुका ती पलहरु

भावावेशमा

गर्विलो मनसँगै

ढपक्क फूक्छ,

दयालु मनसँगै

लुटुपुटु गर्छ,

कहिले शोकाकूल मनसँगै

आँशु पिइदिन्छ,

त कहिले विद्रोही मनसँगै

ज्वारभाटा ओकल्छ ।

सँधै गतिशील हुँदै

मन मुटुको मिलनको संयोग

स्पेसविनाको सम्वन्ध

दरार विनाको चट्टान

रेसा विनाको काठ

हिउँ झैं कन्चन

स्वच्छ र सफा

आत्मियता ।

अनयासै मुटुको कुनाबाट

हराएको मनको वियोगले

वहकिएको मुटुका स्पन्दनलाई

सम्हाल्न खोज्ने

ती पलहरु

विलापको चित्कारसँगै

मनविनाको मुटुको कम्पन छाम्दै

बृष्ठित वेदनाहरु बोकेर

हराएको मनसँगै

थकान मेट्न खोजिरहेछ

स्थीर बन्न खोजिरहेछ ।

- इलाम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।