19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गधा

कविता निलम फुयाल स्पन्दन September 2, 2016, 2:16 pm

बोझ बोक्न उद्धत तुल्याईएका

निगृहित, मानसिक गधा ।

गधा त आखिर गधा नै रहेछ

स्तर मात्र त फरक भो

बोझ बोक्न विवश हुने

लाचार अनि निरीह

पीडित अनि व्यथित

निर्दोष मानसिक गधा ।

बोक्दिन भन्दा पनि बोकाईन्छ

घोक्दिन भन्दा पनि घोकाईन्छ

सिक्न मन नलाग्दा पनि सिकाईन्छ

अनि आङ्खनो पाण्डित्यांई त्यसमा लदाईन्छ ।

बिचरा,

लाचार भएर बोकिदिई रहेभैंm गर्छ

बोकेको नाटक गर्छ

भ्रममा पार्छ, भ्रममा पर्छ

आखिर रङ्गशाला न हो

स्तर मात्र त फरक भो

गधा त आखिर गधा नै हो,

कुण्ठित कुण्ठित भैm

दमित–दिग्भ्रमित भैंm

निश्छल मानसिक गधा ।

एउटा धोबीको एउटा आदर्श

अर्को धोबीको अर्को शास्त्रार्थ

तेस्रो दर्शनवालाको बिघ्न तर्क

खात माथि खात,

रास माथि रास ।

आखिर ती खन्याउन उद्घत छन्

लालायित छन् , आतुर छन् ।

चुत्था धोबी,

गधालाई भारी बोकाई दाम कमाउ“छन् ।

बोझ धोबीको, पीडा गधाको

दाम धोबीको, काम गधाको

चकित चकित भैm

थकित थकित भैंm

निहत्था, मानसिक गधा ।

अघाए पनि प्यासी भैंm कुरिरहेका

केही नबुझे भैंm घोरिईरहेका

निष्कलङ्क, मानसिक गधा ।

हो, हामी गधा ।

धरान २३, पानवारी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।