14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

अभावमा मन

कविता जेबी खत्री September 2, 2016, 1:18 am
जेबी खत्री
जेबी खत्री

साउँनको झरि परेर

उघ्रिएको आकास

यदाकदा वादलका चोक्टा

डाँडाका थुम्काथुम्कामा

अल्मलिएर अडिएको बेला

धमिलिएर खोला,नदीनाला

सुसाउ“देसुसाउ“दै बग्छन् ।

आकास छ्याङ्ग भए पनि

बारीमा सेताम्मे भएका

मकैका बोटहरू

हावामा हल्लिएर

पातहरू बज्दा पनि

मन बहकि“दो रहेछ ।

तलतल खोला किनारमा

तौली धान पाकेर

पहे“लपुर हु“दा

अनुहार चाउरी परेकी

बुढी हजुरआमा

घरको पेटीमा

खेस्टाको पिरामाथि बसेर

झपक्क नुहेका

धानका बालाहरूतिर

हेर्दै भन्छिन्—

हुनेको खोला खेतमा

धान पाक्छ नहुनेको

मन पाक्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।