19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल मुकेश राई September 2, 2016, 6:33 am

झुल्के घाममा टल्किएको शित मेरो जीवन

बिरही धून भरिएको गीत मेरो जीवन !

नौरङ्गी पुतली झै मनका रहर उड्छन

कतै पोख्न नसकेको प्रित मेरो जीवन !

भेट्न् खोज्छु लक्ष्य सधैं टाढा भागिजान्छ

च्याँखे थाप्दा दाउ परेको जित मेरो जीवन !

कति आफ्ना कति पराई चिन्न गाह्रो यहाँ

दुश्मन पनि आफ्नै मान्ने मीत मेरो जीवन !

जातजाती धर्म वर्ग संस्कृति छन अनेक

मानवता नै धर्म ठान्ने रित मेरो जीवन !

सहज छैन यात्रा हिंड्न बाटो पहिल्याएर

भुल्न कहिले नसकिने अतित मेरो जीवन !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।