जब यहाँ सपना पसिनामा हराउछन्
दु:खेका चिसा आँसु असिनामा हराउछन्
भूकम्प पीडितलाई भुलिदिने नेताहरू
रमझम रमाईलोमा हसिनामा हराउछन्
केही गरूँ केही दिउँ नभनि भागबण्डामा
यी मंत्रीहरू झीना मसिनामा हराउछन्
विदेशमा उपचार भनि देशको ऐश्वर्य
कुम्ल्याइ बोकेर दछिनामा हराउछन्
( ७ र ८ अक्षरमा विश्राम )
लस एन्जेलस