15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल भुपेन्द्र महत June 27, 2008, 2:57 pm

सिनोमै अडकिदो रछ गिद्धहरुका आँखा
भन्किनु के अचम्म भो र फोहोरमा माखा

लालिगुरास नफुलेको खाली सिउदो छामी
बारुद बिझेर रोइराछ उजाड त्यो पाखा

सदभावको बिउ थियो कि आगोको घिउ
अतिक्रमणमा चेप्पी रछ कठै! बुद्धका भाखा

बली बली आयो कि कली,छली कै ढलिमली
निर्धालाई नर्क सुनाउछ चित्रगुप्तको शाखा

चिसो चुलो धुवाउनु नधुवाउनु के भो र
हुनेकै वैभब नहुनेलाई को भन्छ ला खा
 
कोलोराडो

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।