19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल जीतेन्द्र रसिक September 8, 2016, 7:41 pm

फुलेको फूलै फूलमा वित्यो कुनै जमाना

युवतीको हुलै हुलमा वित्यो कुनै जमाना

लेखियो चिठ्ठीहरु हात हातमा पातपातमा

यौवनको मूलै मूलमा वित्यो कुनै जमाना

अनायासै के के हुन्थ्यो आलिङ्गकनको मूूल फुत्थ्यो

मिठा मिठा भूलै भूलमा वित्यो कुनै जमाना

मनोहर प्रकृति र खोलानाला पाखा पर्वत

झोलुङ्गे त्यो पूलै पूलमा वित्यो कुनै जमाना

चिर्दै रात विथोल्नलाई आउँथे लामखुट्टे हरु

पिरतीको झुलै झुलमा वित्यो कुनै जमाना

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।