विश्वास नगर्नेहरूलाई
विश्वास दिलाउन नसकेर
धैर्य–अधैर्य, राम्रो नराम्रो
घामपानी सबैलाई
सधैँ, विना भेदभाव
एकै किसिमले आत्मसात् गर्दै
सहनुपर्ने कुरा निःसङ्कोच सहेर
सहनै नपर्ने कुरा पनि सहेर
कहिले क्याम्पसको सुनसानभित्र
कहिले जिन्दावाद र मुर्दावादको कोलाहलभित्र
घोइरिँदै
सधैँ एउटै बाटो
अनि एउटै परिवेशको सुखदुःखमा
जिन्दगीभर आफूलाई समर्पण गरेर
दिनमा रानीपोखरीभित्र अनुहार हेर्दै
रातमा सहरको पहरा दिँदै
थकित–थकित बटुवाझैँ
निश्चल अटल र शान्त भएर
उभिइरहेछ ‘घण्टाघर’
(स्व. भूपी शेरचनको सम्झनामा लेखिएको)