19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घाउहरु घात प्रतिघातका

कविता आशिष बाबु श्रेष्ठ September 15, 2016, 5:09 pm

सुनेको थिएं,

मुटु चर्किएको बेला

शब्दको मल्हमले

दुखाई मात्र होईन,

मेटाउँछ दाग पनि

तर,

एक पछि अर्को

घात प्रतिघातका घाऊहरुले

भरिएको हृदय

तिम्रा कोमल शब्दहरु

सहन सक्दैन यतिखेर

बरु

छिया छिया पार्छन

तिखा बाण बनेर

थिल्थिलो पार्छन चोट बनेर

त्यसैले यो घायल मुटुलाई

भो,

कुनै मायाका शब्द नसुनाऊ यतिखेर

दयाका शब्दहरु नसुनाऊ यतिखेर

बिन्ति !

एक्लै छोडिदेऊ यो मुटुलाई

बस्,

नितान्त एक्लो

मायाको भिडदेखि बाहिर

समयले पिल्सिएको घाऊ

समयले नै सुम्सुम्याओस

समयकै गर्भमा l

बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।