वर्ष दिनको तीज पनि आयो वरै घुमेर
माइती देश जान नपाई गयो उमेर
के छ आमा, रम्म झम्म यो पालाको तीजमा
लिन पनि पठाइनौ परें पीरमा ।
विहान जान्छु घाँस आमा रानी बन्को पाखामा
दुःखी गीत गाउँछु आमा न्याउली भाकामा
कैले जान्छु बेंसी म त कैले जान्छु पँधेरो
बाबा आमा सम्झेर मनै अँधेरो ।
पापीले सुमेरुले छेको मेरो माइतीलाई
गररर पहिराले लैजा सलल
यो खोलीले नछेके त भैया लिन आउँदा हुन्
सासुजीले पठाए त जान पाउँदी हुम्
कति पीर छ नी आमा मन्मा छैन चयन
कती गरु मेरी आमा घरको बयान ।
छाती पोल्छ मेरी आमा यो मनको बहले
आइज लैजा माथीवाट खोली खहरे ।
रुनेरामने को छ मेरो कस्को मन दुख्ला ?
बाढी आइज माथिवाट खोली खहरे ।