जलेको मुटु लिएर सङ्गी, नबस्नु तिमीले
दुखेको दिल बिर्सेर सधैँ, हाँस्नु तिमीले
तिमीलाई छोडी जाँदैछु टाढा, आउँदिन फर्केर
सम्झनामा साँचेको मेरो तस्वीर, मास्नु तिमीले
पुगेन सायद दैवलाई, तिमीले विन्ती चढाको
दिएन मलाई जिउँदो हुन, मेरो जीवन बाँच्नु तिमीले
नछोड्नु भर दैवले पक्कै हेर्नेछन् एकफेरा
राखेर जान्छु अन्तिम आशा, नभाँच्नु तिमीले